सं,कटमा परेकालाई सहयोग गर्न धनकुटा नगरपालिकालाई रु.५१ हजार सहयोग
धनकुटा खबर, वैशाख २१ । कोराना भाईरस नि,यन्त्रण गर्न सरकारले लगाएको लकडाउनका कारण सं,कटमा परेका नगरवासीलाई सहयोग गर्न वितरक संघ धनकुटा १ हिलेले आज धनकुटा नगरपालिकालाई ५१ हजार रुपैया सहयोग प्रदान गरेको छ ।
धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ्गलाई एक समारोहका वीच वितरक संघ धनकुटा १ हिलेका अध्यक्ष तथा धनकुटा उद्योग बाणिज्य संघका उपाध्यक्ष कृष्ण राज श्रेष्ठले ५१ हजार रुपैयाको चेक हस्तान्तरण गर्नु भएको हो ।
सहयोगको चेक लिदै धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ्गले नीजि क्षेत्रसंग सहकार्य गरेर अगाडी बढ्ने वताउनुभयो । सहयोगका लागि उहाँले वितरक संघलाई धन्यवाद समेत ज्ञापन गर्नु भएको थियो ।


