धनकुटाको सिधुवामा १ सय ९ जनाले र ग त दान गरे

धनकुटा खबर, वैशाख २६ । धनकुटाको छथरजोरपाटी गाउँपालिका सिधुवामा आज आयोजित र,क्तदान कार्यक्रममा १ सय ९ जनाले र,गत दान गरेका छन् ।

१५७ औ विश्व रेडक्रस दिवसको अवसरमा नेपाल रेडक्रस शोसाईटी सिधुवा उपशाख र सुलभ वचत तथा ऋण सहकारी संस्था लिमिटेड सिधुवाको संयुक्त आयोजनामा सञ्चालित कार्यक्रममा २३ जना महिला र ८६ जना पुरुष गरि उल्लेखित संख्याका व्यक्तिले र,गत दान गरेको आयोजकले जनाएको छ ।

र,गत संकलनका लागि नेपाल रेडक्रस शोसाईटी रक्त सञ्चार केन्द्र धरान घोपाका ६ जना पा्रविधिक टोलि आएका थिए । कार्यक्रम छथरजोरपाटी गाउँपालिका प्रमुख शेरवहादुर लिम्वुको प्रमुख आतिथ्य तथा सुलभ वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मेघेन्द्र गुरुङको अध्यक्षतमा भउको थियो ।

नेपाल रेडक्रस शोसाईटी जिल्ला शाखा धनकुटाका सभापति हरि राई,सिधुवा उपशाखाका सभापति नील वहादुर थापा र छथरजोरपाटी गाउँपालिकाका ६ नं वडाध्यक्ष दिल वहादुर थापाले मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन सुलभ वचत तथा ऋण सहकारी संस्थाका कार्य सञ्चालन समिति सदस्य दिवेश खड्काले गर्नुभएको थियो ।

हाल नेपालका विभिन्न स्थानमा भईरहेको रगत अभावको परिपूर्तिमा सघाउ पर्याउदै यो कार्यक्रमको निरन्तरता स्वरुप र,क्तदान कार्यक्रम आयोजना गरिएको नेपाल रेडक्रस शोसाईटी सिधुवा उपशाखाका सचिव सुन्दरमान डङ्गोलले जानकारी दिनुभयो । उहाँका अनुसार यहा यस्तो कार्यक्रम आयोजना गरिएको यो चौथो पटक हो । संकलित र,गत रक्त संकलन केन्द्र धरान पठाईएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।