धनकुटामा पनि थपियो लकडाउन – घर बाहिर ननिस्कन अनुरोध
धनकुटा खबर, २६ बैशाख । जिल्ला प्रशासन कार्यलय धनकुटाले सरकारले कोरोना भाइरसबाट ब,च्नका लागि लगाएको लकडाउनको समय लम्बियाएसंगै जिल्लामा लगाएको निषेधाज्ञा समेत २०७७ साल जेठ ५ गते रातको १२ बजे सम्मलाई जारी गरेको छ ।
प्रशासनले २०७७ साल जेठ ५ गते रातको १२ बजे सम्म अत्यावश्यक सेवामा बाहेक घर बाहिर ननिस्कन, हिडडुल नगर्न, सवारी साधन नचलाउन समेत विज्ञप्तीमा अनुरोध गरेको छ ।
साथै औषधी लगायतका अत्यावश्यक बस्तुको आपूर्ति लाई सहज गराउन समेत आग्रह गरीएको र आदेशको अवहेलना वा काममा बा,धा गर्ने गरेमा कानुन अनुसार कारबाही गरीने समेत प्रमुख जिल्ला अधिकारी केशवप्रसाद विमलीद्धरा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरीएको छ ।



