धनकुटामा शूरु भएका आयोजनाहरुमा काम गर्न आएका मजदुरहरुको आरडिटी परिक्षण
धनकुटा खबर, वैशाख २७ । धनकुटा अस्पतालको प्रयोगशालामा काम गर्न आएका मजदुहरुको आज नमूनाको रुपमा (कोभिड-१९)को र्यापिट डाइनोष्ट्रि टेष्ट (आरडिटी) परिक्षण गरिएको छ ।
धनकुटामा कोरोना भाईरसलाई फै,लन नदिन र नि,यन्त्रण गर्नका लागी धनकुटा उद्योग बाणिज्य संघको समन्वयमा तथा पहलमा स्वास्थ्य कार्यालय धनकुटाको विशेष सहयोगमा धनकुटा– हिले राजमार्गमा कालो पत्र गर्ने काम गरिहेका १७ जना मजदुरहरुको नमुना कोभिड १९ को ¥यापिट डाइनोष्ट्रि टेष्ट (आरडिटी) परिक्षण गरिएको हो । (आर डि टी) परिक्षण गरिएका सम्पूर्ण मजदुहरुको रिपोर्ट नेगेटिभ देखिएको स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसी प्रसाद गुरागाईले वताउनु भयो ।
नेपाल सरकारको राष्ट्रिय गौरवका आयोजनाहरु, केन्द्रिय, प्रदेश र स्थानीय स्तरका विकासका योजनाहरु सञ्चालन गर्ने निर्णय भएपछि धनकुटामा शूरु भएका योजनाहरुमा काम गर्न आएका श्रमिकहरुको स्वास्थ्य परिक्षण गरेर मात्र काम लगाउने अभियान अन्र्तग नमूनाको रुपमा पूजा कन्स्ट्रक्सन धनकुटा प्रा.लि.ले धनकुटा–हिलेको सडकमा पिच गर्न ल्याएका मजदुरहरुको (कोभिड-१९) को ¥यापिट डाइनोष्ट्रि टेष्ट (आर डि टी) परिक्षण गरिएको र अन्य योजनाहरुमा काम गर्न आएका मजदुरहरुको समेत स्वास्थ्य परिक्षण गरेर मात्र काम लगाउन र नेपाल सकारले तयार गरेको माप दण्डलाई पालना गरेर मात्र काम लगाउन समेत धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले आग्रह गर्नु भएको छ ।

यस्ता योजनाहरु सञ्चालन गर्दा श्रमिकहरुलाई अनिवार्य रुपमा सेनिटाईजरले बारम्वार हात धुन लगाउन,समाजिक दूरी कायम गरेर मात्र काम लगाउन,माश्क र पञ्जा लगाउन दिएर मात्र काम लगाउन र स्वास्थ्य परिक्षण गरी श्रमिकहरुलाई छुट्टै वस्ने व्यवस्था समेत गर्न योजना सञ्चालनकर्तालाई धनकुटा उद्योग बाणिज्य संघले आग्रह गरेको छ ।
मजदुहरुको ¥यापिट डाइनोष्ट्रि टेष्ट (आरडिटी) परिक्षण मा धनकुटा स्वास्थ्य कार्यालयका प्रमुख गुरागाई, धनकुटा अस्पतालका प्रमुख पुजन विश्वकर्मा, धनकुटा उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ्ग, पुजा कन्स्ट्रक्सका प्रमुख निर्देशक गजेन्द्र पौडेल, पत्रकार महासंघ धनकुटाका उपाध्यक्ष नगेन्द्र राई, सचिव विदुर खवास लगायतको सो उपस्थिती थियो ।


