धनकुटाको डाँडाबजारमा कोरोना भाईरसविरु,द्ध सञ्चालन भैरहेको अभियान बारे छलफल
धनकुटा खबर, जेष्ठ १ । धनकुटा उद्योग बाणिज्य संघको टोलीले सागुरीगढी गाउपालिकाको वडा नं ५ डाँडाबजारका स्थानिय जनप्रतिनीधिसंग भेटघा,ट गरी कोरोना भाईरसविरुद्ध सञ्चालन भैरहेको अभियानको वारेमा छलफल गरेको छ ।
संघका अध्यक्ष विजय सन्तोषी राई, कोषाध्यक्ष रुपेश श्रेष्ठ, सदस्य परिवर्तनराज पौडेल लगायतको टोलीले सागुरीगढी गाउँपालिका वडा नं ६ का वडाध्यक्ष पलक वहादुर वस्नेतसंग भेट गरी बजारको अवस्था र कोरोना भाईरस सं,क्रमण नि,यन्त्रणका लागि भैरहेको प्रयासको वारेमा छलफल तथा परार्म गरेको हो ।

सो अवसरमा उद्योग बाणिज्य संघका अध्यक्ष राईले दैनिक उपभोग्य वस्तुहरुको अभाव हुन नदिन संघले सहज आपू,र्तिका लागि सहजीकरण गर्ने वताउनु भयो । भे,टघाट कै क्रममा वडा कार्यालयका लागि उद्योग बाणिज्य संघले केही मास्क, सेनिटाईजर र पञ्जा समेत प्रदान गरेको छ ।
ती सामाग्री वडाध्यक्ष वस्नेतलाई हस्तान्तरण गरिएको थियो । त्यसैगरी एवाई कन्ट्रक्सन धनकुटाले निर्माण गरिरहेको डाडाबजार—या,क्चना सडकको मजदुरहरुलाई पनि संघको तर्फबाट माश्क र सेनिटाईजर वितरण गर्दै सामाजिक दुरी निर्धारण गरेर मात्र निर्माण कार्य गर्न अनुरोध गरिएको संघले जनाएको छ ।


