धनकुटा नगरपालिकाले दिन थाल्यो रोजगारी

धनकुटा खबर । धनकुटाको धनकुटा नगरपालिकाले विपन्न र श्रमिकका परिवारलाई उपलब्ध गराउँदै राहतको स्वरुपमा परिवर्तन गरि त्यस्ता परिवारलाई नगरमा संचालित निर्माण आयोजनामा रोजगारि उपलब्ध गराउन थालेको छ ।

चैत ११ गते देखि सरकारले लगाएको लकडाउनका कारण श्रमगर्न नपाएका मजदुरहरु लाई थानिय सरकारले चरण–चरणमा वितरण भएको राहतले खर्च धान्नै नसक्ने अबस्था आएको भन्दै नगरपालिकाले राहतको साटो विपन्न तथा श्रमिकका परिवारलाई रोजगारि उपलब्ध गराउने थालेको छ ।

लकडाउनकै अबधिमा धनकुटा नगरपालिकाले शहरी सडक, सिंचाई, संचार तथा खेलकुदका पूर्वाधार संरचना निर्माणको काम सुचारु गरेको हो ।

धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ्गले भने “अहिले सरकारले लगाएको लकडाउन कहिले सम्म रहन्छ भन्न सकिने अवश्था छैन लामो समय सम्म लकडाउन भएमा राहत वितरण गर्नका लागि स्रोत साधनको समेत कुरा हुने भएकोले राहतको साटो रोजगारी तर्फ श्रमिक र मजदुर परिवार लाई लगाएका छौ ” ।

नगरपालिकाले नगरपालिका भित्र संचालन भएका योजनामा सामाजीक दुरी कायम गर्दै आयोजनाका काम संचालनमा ल्याएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।