कोरोना सं,क्रमण देखिएसँगै धनकुटाको विभिन्न स्थानमा क,डाई गर्न थालियो

धनकुटा खबर, जेष्ठ ५ । कोरोना भाईरस सं,क्रमण देखिएसँगै धनकुटाको विभिन्न स्थानमा क,डाई गर्न थालिएको छ ।

सर्वसाधारणको स्वास्थ्यलाई मध्य नजरगरी जिल्लाको धनकुटा नगरपालिका वडा नं १० र पाख्रीवास नगरपालिका वडा नं ९ मा सम्पूर्ण यातायात सेवा, दुग्ध संस्थान, होटल तथा किराना पसल, खेलकुद, उद्योग कलकारखानामा कडाई गरिएको सम्वन्धित वडाका वडाध्यक्षद्धारा हस्ताक्षरित जानकारी पत्रमा उल्लेख छ ।

यी वडाहरुमा अत्यावश्यक सामान खरिदका लागि विहान ६ देखी ९ वजे सम्म को समय तोकिएको छ । जानकारी पत्रमा लेखिएको वुँदा वाहेक अन्य अत्यावश्यक कामका लागि वडा स,म्पर्क गर्नुपर्ने जनाईएको छ ।

जिल्ला अस्पताल धनकुटामा कार्यरत एक स्टाफ नर्समा आईतवार कोरोना पोजेटिभ देखिएपछि जिल्ला अस्पताल क्षेत्र यसअघि नै शिल गरिसकिएको छ । शिल गरिएको क्षेत्रमा आवात जावत ठ,प्प पारिएको अटेर गर्नेलाई सुरक्षाकर्मीले नि,यन्त्रणमा लिन सक्ने प्रशासनले जनाएको छ । शिल गरिएको क्षेत्रमा नेपाली सेना, प्रहरी र सश,स्त्र प्रहरी परिचालन गरिएको छ ।

त्यस्तै धनकुटाको चौबिसे गाउँपालिका पनि शिल गरिएको छ । कोरोना भाइरसको सं,क्रमण सं,क्रमण नि,यन्त्रणका लागि चौबिसे गाउँपालिकालाई ५ दिनको लागि शिल गरिएको हो ।

कोरोना भाइरस नि,यन्त्रणको लागि गठन गरिएको विपत व्यवस्थापन समिति चौबिसेको आकस्मिक बैठकले चौबिसे गाउँपालिकामा एम्बुलेन्स बाहेकका सबै खालका आवत जावतलाई जेठ ५ गतेदेखि ९ गतेसम्मलाई ब,न्द गरिएको गाउँपालिकाका अध्यक्ष खजिन्द्र राईले बताउनुभएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖