विचलित नभई कोरोना संक्रमणबाट सतर्क रहन धनकुटेलीलाई अनुरोध

धनकुटा खबर, जेष्ठ ५ । जिल्लावासीलाई सम्यमित र अविचलित भई कोरोना भाईरस सं,क्रमणबाट सतर्क रहन नेपाली कांग्रेस धनकुटाले आह्वान गरेको छ ।

धनकुटामा पहिलो पटक कोरोना भाईरस सं,क्रमण देखापरेपछि जिल्लावासी भ,यभित भएको भन्दै उस्ले आज एक प्रेस विज्ञप्ती प्रकाशित गर्दै त्यस्तो आह्वान गरेको हो ।

सरकारको एक्लो प्रयासबाट मात्र अव कोरोना भाईरस नि,यन्त्रण गर्न नसकिने भएकाले सरकारले सवै सँग समन्वय र सहकार्य गरी सवै प्रकारको सूरक्षा विधि अपनाई महत्वपूर्ण कार्य गर्न अत्यान्तै आवाश्यक भएको नेपाली कांग्रेस धनकुटाका सभापति अग्नी प्रसाद पौडेल र सचिव विजय सन्तोषी राईद्धारा हस्ताक्षरित विज्ञप्तमा उल्लेख छ ।

सरकारको अकर्मकारी र अदूरदर्शीताको कारण पूर्व तयारी गर्न नसेकेकी दिन प्रतिदिन कोरोना भाईरस फैलदै गएको समेत विज्ञप्तीमा उल्लेख छ । धनकुटा जिल्लालाई नै शिल गरेर अनिवार्य रुपमा सवै धनकुटावासीको पि सि आर परिक्षण प्रणालीबाट कोरोना भाईरसको परिक्षण गर्नु पर्ने चिकित्सिक ,स्वास्थ्यमर्की,सुरक्षाकर्मी,लगायत फ्रन्ट लाईनमा काम गर्नेहरुलाई पि पि ई लगायत स्वास्थ्य तथा सुरक्षित समाग्रीहरु प¥याप्त उपलब्ध गराउनु पर्ने र सर्वपक्षिय एवम् सर्वदलिय जिल्ला देखी वडा तह सम्म समितिहरु निर्माण गरी कोरोना भाईरस विरुद्ध स शक्त र प्रभावकारी अभियान संचालन गर्न विज्ञप्ती मार्फत तीनै तहका सरकार समक्ष जोडदार माग गरिएको छ ।

सकारले कोरोनाभाईरसलाई प्रभावकारी रुपमा नियन्त्रण गर्न अभियान सञ्चालन गर्नुको साट्टो सकार टिकाउने र परिवर्तन गर्ने खेलमा लागेको कारण नेपालमा अहिले दिन प्रतिदिन यो भाईरस फैलिरहेको र दुई जनाको दुखद नि,धन समेत भैसकेको भन्दै उस्ले धनकुटा जिल्लामा पनि पहिलो पटक संक्रमणित देखिएपछि आम धनकुटाबासी आ,तंकित, भ,यभित र त्र,सित बनेको विज्ञप्तीमा उल्लेख गरेको छ ।

साथै चिकित्सक,स्वास्थ्यकर्मी,सूरक्षाकर्मी लगायत फ्रन्ट लाईनमा काम गरिरहेकाहरुलाई पिपिई लगायत सुर,क्षित तथा स्वास्थ्य समाग्रीहरु प¥याप्त मात्रामा उपलब्ध गराउन, जिल्ला सदरमुकाममा प¥याप्त व्यवस्थित आईसोलेसन वार्ड स्थापना गर्न र ६० वटै वडाहरुमा समेत व्यवस्थित क्वारेनटाईन स्थापना गरी वाहिरबाट घरफर्केका नागरिकहरुलाई राख्न समेत सवै तहको सरकारसंग माग गरिएको पार्टीका जिल्ला कोषाध्यक्ष दिनेश राईले वताउनु भयो ।

विदेश र राजधानी काडमाण्डौ लगायत विभिन्न स्थानहरुबाट आफ्नो घर फर्कन चाहने नागरिकहरुलाई घर फर्किने उनीहरुको नैसर्गिक अधिकार भएको र उनिहरुलाई फिर्ता ल्याएर स्वास्थ्य परिक्षण अनिवार्य रुपमा गराई जिल्लाका वडाहरुमा क्वारेन्टाईन डेक्स स्थापना गरी कम्तीमा १५ दिन क्वारेन्टाईन्मा राख्ने व्यवस्था गर्नुपर्ने र घर फर्कने समयमा पनि अन्तिम पि सि आर परिक्षण गर्ने व्यवस्था गरी जिल्लाबासीहरुलाई उचित र व्यवस्थित तरिकाले घर फर्काउन समेत सम्वधित सरोकारवाला निकायलाई अनुरोध गरेको छ ।

त्यसैगरी कोरोना भाईरस फैलन नदिन लामो समय सम्म लक डाउन जान सक्ने संभावना बढेकोले अव दिन प्रतिदिन ठूलो रुपमा खाद्यान्न लगायत आर्थिक संकट हुने भएकाले सरकारले तत्काल कृषकहरुलाई गुणस्तरीय मल विउ वितरण गरी कृषि उत्पादनमा लगाउन समेत माग गर्दै विदेश तथा मुलुकमा विभिन्न भागहरुबाट घर र्फकनु भएका वेरोजगार नागरिकहरुलाई स्थानीय स्तरमानै रोजगार तथा स्वरोजगारको व्यवस्था गरी सरकार जिवित भएको नागरिकलाई अनुभूती गराउन समेत माग गरेको छ । स्थानीय स्तरमा कृषकहरुले उत्पादन गरेका ताजा हरियो तरकारीहरु,दुध तथा दुध जन्य पदार्थ ,वस्तुहरु र साना घरेलु उद्योगहरुले उत्पादन गरेका वस्तु तथा समाग्रीहरुको विक्रि वितरण गर्ने बजारको उचित व्यवस्था गर्नका लागी समेत सम्वन्धित सवै पक्ष तथा सरोकारवालासंग उक्त विज्ञप्ती मार्फत नेपाली कांग्रेस धनकुटाले आग्रह गरेको हो ।

मनसुन परिर्वतनसंगै अव हुन सक्ने बर्षाका कारण्म पाढी पहिरो लगायत दैविकप्रकोप र विभिन्न रोगहरुको थप महामा,रीबाट जिल्लावासीहरुलाई बचाउन अहिले देखीनै पुर्व योजना बनाई लाग्न तिनै तहको सरकारको ध्यानार्कषण गराएको छ । भने लक डाउनका कारण विचल्लीमा परेका दैनिक ज्यालादारी मजदुरहरु,गरिव,किसान र घर र्फकन नपाई विचल्लीमा परेका नागरिकहरुले अहिले सम्म उचित किसिमले राहत पाउन नसेकोले निष्पक्ष ढंगले पाउनु पर्ने सवै नागरिकहरुलाई रातह उपलब्ध गराउन तिनै तहको सकार समक्ष जोडदार माग गरेको छ ।

लक डाउनको कारण ठप्प भएका उद्योग, धन्दा,व्यापार ,व्यावसायलाई सूरक्षित ढंगले सञ्चालन गर्न वातावरण बनाउन र लक डाउनको अवधिभरका बैक लगायत वितिय संस्था,सहकारी संस्थाहरुको ब्याज र घर भाडा मिनाहा गर्ने वातारण बनाउन समेत बनाउन सरकारलाई बिशेष अपिल गरिएको नेपाली कांग्रेसले गरेको नेपाली कांग्रेस धनकुटका सचिव विजय सन्तोषी राईले वताउनु भयो । लक डाउनका कारण मारमा परेका उद्योगी,व्यापारी,व्यावसायीहरुलाई आगामी बर्षको बजेटमा विशेष अनुदानको प्याकेज ल्याउन र तिनै तहका सकारले दिदै आएको कर छुट गर्न समेत भनिएको छ ।

लक डाउनको कारण प्रभावति भएका पर्यटन क्षेत्र क्षेत विक्षेत भएको तर सकारको निति तथा कार्यक्रममा यस सम्वन्धमा कुनै योजना नआएकाले विशेष योजनाका साथ पर्यटन प्रवद्धन गर्ने योजना ल्याई होटल तथा पर्यटन व्यावसायीहरुलाई राहतको व्याकेज ल्याई पर्यटन क्षेत्रलाई माथि उठाउन जोडदारसंग कांग्रेसले माग गरेको नेपाली कांग्रेस प्रदेश सभा निर्वाचन क्षेत्रिय कार्यसमिति १ सभापति जितेन्द्र राईले वताउनु भयो ।

सरकारले लगाएको लक डाउनको पूर्ण रुपमा पालना गर्दै कोरोना भाईरस विरुद्धको अभियानमा सश,क्त र प्रभावकारी रुपमा लाग्दा हुन सक्ने आगलागी तथा मनसुन परिर्वतन संगैे हुने पाढी,पहिरोको प्रकोपका साथै विभिन्न रोग फैलिएर हुन सक्ने महामा,रीबाट बच्न र बचाउनका लागि प्रभावकारी र सशक्त ढंगले लाग्न सवै वडा,पालिका,प्रदेश निर्वाचन समिति,जिल्ला समितिका पदाधिकारी तथा सदस्य र भात्तृ तथा शुवेच्छुक संस्थाहरुलाई नेपाली कांग्रेस धनकुटाले निर्देशन पनि दिएको छ ।

कोराना भाईरस विरुद्धको युद्धमा अत्यन्तै जोखिमका साथ देशभरी अग्रपंक्तिमा लडिरहनु भएका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षकर्मी, एम्बुलेन्स चालक, दैनिक उपभोग्य तथा अत्यावाश्यक वस्तु तथा समाग्रीहरु ढुवानी गर्ने चालकहरु,राष्टसेवक कर्मचारहिरु, स्वयमसेवक, सफाईकर्मीलाई सम्मान गर्दै उहाँहरुको स्वास्थ्यमा समेत विशेष ध्यानदिन पनि सरकार समक्ष जोडदार माग गरेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।