धनकुटामा कोरोना संक्रमण बढेसँगै हिलेमा कडाई

धनकुटा खबर, जेष्ठ ७ । धनकुटामा कोरोना संक्रमण बढेसँगै धनकुटा नगरपालिकाको १ नं वडा हिले बजार सहित आसपासका वस्तिमा लकडाउनलाई थप प्रभावकारी वनाउन विभिन्न निर्णय गरिएको छ ।

१ नं वडाध्यक्ष निरेन तामाङ सहित विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनीधि वीच आज वसेको वैठकले त्यस्तो निर्णय गरेको हो । जसअनुसार हिले वजारका पसलहरु विहान ९ वजे सम्म मात्र खुल्ने,हिलेमा एम्वुलेन्स रोक्न नदिने,स्थानिय सवारी साधन पनि चल्न नदिने, होटलमा डिस्पोजल सामाग्रीको प्रयोग गरि त्यसको व्यवस्थापन गर्ने,तरकारी पसलहरु विहान ९ वजे सम्म र अपराहन्न ४ देखी ६ वजे सम्म खोल्ने, खाद्यान्न सामाग्री ल्याईएको गाडीहरको लोड अनलोड मध्यन्न १२ देखी दिउँसो ३ वजे सम्म मात्र गर्न पाउने,निर्माण प्रयोजनका लागि हिले बजारबाट बजार वाहिर वा अन्य जिल्ला लगिने सामाग्रीको लोड अनलोड वेलुकी ७ देखी विहान ५ वजे सम्म मात्र गर्न पाईने छ ।

त्यस्तै विदेश र वाहिर जिल्लाबाट आएकाहरुलाई क्वारेन्टाईनमा वस्न अनुरोध गर्ने,आफ्नो घर,टोल,छिमेकका व्यक्तिहरुको स्वास्थ्य स्थितीको वारेमा जानकारी लिने र सम्वन्धित निकायमा सूचना दिने,वाहिरबाट आएका सवारी साधन रोक्न निषेध गर्ने, यदी रोक्नु पर्ने भए सवारीसाधनवाट मानिस आर्लिन नदिइने, कोभिड १९ को पिसिआर जाँच आवश्यक्ता र प्राथामिक्ताको आधारमा वडा कार्यलयम ागर्न पहल गर्ने उद्योग वाणिज्य संघ, होटल एशोसिएसन, वितरक संघ, बजार व्यवस्थापन समिति, प्रहरी प्रशासन र जनप्रतिनीधि सवैले आ आफ्नो जिम्मेवारी पालना गर्ने गराउने पनि निर्णय भएको वडाध्यक्ष तामाङले वताउनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖