धनकुटा अस्पताल सहित बजार क्षेत्र शिल गरेपछि खाद्यन्नमा अभाव, अस्पतालमा रहेका विरामी सहित कुरुवालाई सहयोग

धनकुटा खबर, जेष्ठ ७ । धनकुटामा कोरोना भाईरसको संक्रमण फैलिए संगै धनकुटा अस्पताल सहित वरीपरीका बजार क्षेत्रमा गरिएको शिलका कारण दैनिक उपभोग्य समाग्री अस्पतालमा अभाव पछि धनकुटा उद्योग बाणिज्य संघ र अस्पताल विकास समितिका पूर्व अध्यक्षले दैनिक उपभोग्य समाग्री उपलब्ध गराएका छन ।

धनकुटामा केही दिन अघि देखी एक्कासी कोरोना भाईरस फैलिएसंगै धनकुटा अस्पताल सहित बजार क्षेत्र शिल गरेपछि अहिले दैनिक उपभोग्य वस्तुहरुको अभाव भएको भन्दै धनकुटा उद्योग बाणिज्य संघ र धनकुटा अस्पताल विकास समितिका पूर्व अध्यक्ष सुनिल डंगोलले दैनिक उपभोग्य वस्तु तथा समाग्री आज धनकुटा अपस्ताललाई उपलव्ध गराएको हो ।

चार दिन अघि देखी गरिएको शिलका कारण धनकुटा अस्पताल वरिपरीका सम्पूर्ण पसलहरु बन्द भएकाले अस्पतालमा रहेका विरामी सहित विरामी कुरुवाहरुलाई समस्या भएकोले खाद्यान्न,तरकारी लगायत दैनिक उपभोग्य सामाग्री अस्पताललाई उपलब्ध गराईएको धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले वताउनु भयो ।

चामल, तेल, नुन ,दाल,चना,विस्कुट,आलु,अदुवा,बेसार,कागती ,तरकारी लगायतका दैनिक उपभोग्य समाग्री तथा वस्तु र प्लेट पनि उपलब्ध गराईएको संघका कोषाध्यक्ष रुपेश श्रेष्ठले वताउनु भयो ।

अस्पतालमा कार्यरत चिकित्सक,स्वास्थ्यकर्मी,कर्मचारी,विरामी तथा विरामीका कुरुवालाई कुनै पनि समस्या परे थप सहयोग गर्न तयार रहेको उद्योग बाणिज्य संघले जनाएको छ । संकटमा सवैले एक अर्कालाई सहयोग गर्नु पर्ने भएकाले उद्योग बाणिज्य संघले कोरोना भाईरस विरुद्धको अभियान सञ्चालन गरेको र यसअघि पनि जोखिमा परेका विभिन्न क्षेत्र तथा समुदायलाई संघले सहयोग गर्दै आइरहेको महासचिव राम वहादुर गोङ्वाले वताउनु भयो ।

धनकुटा जिल्लामा अहिले सम्म धनकुटा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, सूरक्षाकर्मी र अन्य गरी जम्मा ७ जनालाई कोरोना भाईरस पोजेटिम देखिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖