धनकुटाका अदालतलाई स्वास्थ्य सामाग्री ! मुख्य न्यायधिष गौतमले भनिन,- सेवा लिन आउनेलाई दिन्छौं
धनकुटा खबर, जेष्ठ ८ । उच्च अदालत विराटनगर अन्र्तगत धनकुटा बेञ्च र जिल्ला अदालत धनकुटालाई आज धनकुटा उद्योग वाणिज्य संघले सुरक्षित तथा स्वास्थ्य समाग्री प्रदान गरेको छ ।
जिल्लामा दिनप्रतिदिन कोरोना भाईरसको संक्रमण फैलिरहेको वेला यो भाईरसको संक्रमण नियन्त्रणका लागि संघले उच्च अदालत विराटनगर अन्र्तगत धनकुटा बेञ्च र धनकुटा जिल्ला अदालतलाई स्वास्थ्य तथा सुरक्षित समाग्री प्रदान गरेको हो ।
उच्च अदालत विराटनगर धनकुटा बञ्चका मुख्य न्यायधिस निता दिक्षित गौतमको उपस्थितिमा धनकुटा बेञ्चका रजिष्ट्रार शम्भु प्रसाद बराललाई धनकुटा बेञ्चका लागि र धनकुटा जिल्ला अदालतका स्रेष्तेदार तथा शाखा अधिकृत राजन बास्तोलालाई धनकुटा जिल्ला अदालतका लागि ती समाग्री संघका अध्यक्ष विजय सन्तोषी राई, उपाध्यक्ष निर्मला राई श्रेष्ठ, कोषाध्यक्ष रुपेश श्रेष्ठ प्रदान गरेका थिए ।

स्वास्थ्य तथा सूरक्षित समाग्री उपलब्ध गराउको प्रति उच्च अदालत विराटनगर धनकुटा बेञ्चका मुख्य न्यायधिष निता दिक्षित गौतमले उद्योग बाणिज्य संघलाई धन्यवाद दिदै ती सामाग्री अदालतमा न्यायका लागि सेवा लिन आउनेहरुलाई प्रदान गर्ने वताउनु भयो ।

संघले विराटनगर उच्च अदालत धनकुटा बेञ्चलाई दुई थान पि पि ई, हेण्ड वास, पञ्जा, सेनिटाईजर, माश्क, हात धुनका लागि पानी राख्ने धारा सहितको वाल्टिन र धनकुटा जिल्ला अदालतलाई सेनिटाईजर, माश्क, हेण्ड वास, पञ्जा, हात धुनका लागी धारा सहितको पानी राख्ने बालटिन प्रदान गरिएको संघले जनाएको छ ।

यस अघि उच्च अदालत विराटनगर धनकुटा बेञ्च र धनकुटा जिल्ला अदालतलाई धनकुटा जिल्ला अदालत जिल्ला बार एशोसिएसनले माश्क र सेनिटाईजर प्रदान गरेको जिल्ला बार एकाईका अध्यक्ष हिमा देवी वस्नेत भट्टराईले जानकारी दिनु भयो ।


