धनकुटामा थप १७ जनाको पिसिआर रिपोर्ट नेगेटिभ – आज पुनः २२ जनाको स्वाव पठाईयो
धनकुटा खबर, जेष्ठ १२ । पिसिआर परिक्षणका लागि आज धनकुटावाट २२ जनाको स्वाव संकलन गरि पठाईएको छ ।
संक्रमितका आफन्त तथा अन्य गरि २२ जनाको स्वाव संकलन गरि विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाईएको स्वास्थ्य कार्यलय धनकुटाले जनाएको छ ।
यसअघि पिसिआर परिक्षणका लागि १७ जनाको स्वाव पठाइएकोमा उनिहरु सवैको नेगेटिभ रिपोर्ट आएको स्वास्थ्य कार्यलय धनकुटाका प्रमुख तुलसी प्रसाद गुरागाईले वताउनुभयो । भोलि अझ धेरैजनाको स्वाव संकलन गरि परिक्षणका लागि पठाउने लक्ष रहेको उहाँको भनाई छ ।


