फौजी कीराले यसरी मकै नष्ट गर्दै

चरिकोट, जेठ १६ गते । दोलखा जिल्लाको विभिन्न स्थानमा पछिल्लो समय अमेरिकन फौजी कीराको जोखिम बढ्दै गएपछि किसान चिन्तित बनेका छन् । तल्लो भूभागमा लगाइएको सो बालीमा दुई महिना पनि बित्न नपाउँदै सो कीराले सताउन थालेपछि किसान चिन्तित बनेका हुन् ।

जिल्लाको मकैबारी, तामाकोशी, मेलुङ, कालिञ्चोक र शैलुङलगायतका विभिन्न क्षेत्रमा सो कीराको जोखिम बढ्दै गएको जनाइएको छ । हुर्कंदै गरेको मकैमा कीरा लागेको र सबै पातसहित खाएर मकैबारीमा नै सखाप पार्न थालेको किसानले बताएका छन् । दुई हजार मिटरको उचाइमा रहेको चोथाङमा करिब १५० रोपनी क्षेत्रमा लगाइएको बालीमा कीरा लागेर सबै मकै सखाप पारेको भीमेश्वर नगरपालिका वडा नं ६ का वडाध्यक्ष नवीन लामाले जानकारी दिनुभयो ।

यसैगरी मेलुङ, तामाकोशी, वैत्येश्वर, कालिञ्चोक तथा शैलुङ गाउँपालिकाको विभिन्न क्षेत्रमा सो कीराको जोखिम रहेको छ । गत वर्ष पनि जिल्लाको मेलुङ गाउँपालिकाले पवटी तथा वैत्येश्वर गाउँपालिको केही क्षेत्रमा कीराको प्रकोप देखिएर नियन्त्रणमा आएको भए पनि यो वर्ष धेरै क्षेत्रमा फैलिएको पहाडी बाली अनुसन्धान केन्द्र काभ्रेका कार्यक्रम संयोजक मकैवाली विज्ञ नारायणबहादुर धामीले बताउनुभयो ।

उहाँका अनुसार यो कीरा रातिको समयमा सक्रिय हुने र एउटा कीराले जीवन अवधिमा एक ५०० देखि दुई हजारसम्म फूल पार्न सक्ने जानकारी दिनुभयो । यसको प्युपा अवस्था माटोमुनि छदेखि आठ सेमीसम्म जानसक्ने र गर्मीमा आठदेखि नौ दिनसम्म र जाडोमा २० देखि ३० दिनसम्म कीरा सक्रिय रहने र सातदेखि २१ दिनसम्म बाँच्ने भएकाले छोटो समयमै बाली सखाप पार्ने गरेको उहाँले बताउनुभयो ।

सो कीरा नियन्त्रणका लागि जिल्लाको नौवटै स्थानीय तह सक्रिय हुँदैे किसानलाई आवश्यक विषादी, उपकरण तथा प्राविधिक उपलब्ध गराएका छन् ।रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖