बजेटमा महामा,रीले प्राथमिकता पाएन

धनकुटा खबर । राष्ट्रीय योजना आयोगका पूर्व उपाध्यक्ष डा जगदिचन्द्र पोखरेलले सरकारले गरेको प्रस्तुत बजेटमा महामा,रीले प्राथमिकता नपाएको बताउनु भएको छ । नेपाली कांग्रेस धनकुटाले प्रविधि मैत्री जुम मार्फत आयोजना गरेको अन्र्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उृहाँले त्यस्तो वताउनुभएको हो ।

मुलुककमा दिन प्रतिदिन फैलदै गएको कोरोना भाईरसको महामा,री लामो समय सम्म जान सक्ने भएकाले सरकारले प्रस्तुत गरेको बजेटमा जुन महत्वको साथ प्राथमिक्ता पाउनु पर्ने थियो त्यो अनुसार नपाएको भन्दै वरिष्ठ अर्थ बिद समेत रहनु भएका डा. पोखरेलले विकास निर्माण लगायत अन्य आयोजना तथा योजनाहरु अरु बेला पनि सञ्चालन गर्दा हुने तर महामा,रीसंग ल,ड्न सक्ने प¥याप्त बजेट व्यवस्था नगरेकोले सरकार दुरगामी नरहेको प्रष्ट भएको उल्लेख गर्नु भयो ।

उहाले कोरोना भाईरसका उपचारका लागि औषधी लगायत स्वास्थ्यकर्मीलाई सुरक्षित समाग्रीहरु ,व्यवस्थित आईसोलेसन वार्डहरु निर्माणका लागि बजेट प¥याप्त ब्यवस्था गर्नु पर्नेमा ६ अर्व मात्र छुट्याएर सरकारले अर्कमर्णता प्रस्तुत गरेको वताउनु भयो ।

बजेटले कृषि,शिक्षा लगायत साना तथा मझौला उद्योगहरुलाई प्रोत्साहन गर्न प्राथमिक्ता दिएर बजेटको व्यवस्था गरेपनि त्यसको कार्यन्वयन पक्ष हेर्नु पर्नेमा जोड दिनु भयो ।

बजेटले कुनै नौले र महत्वपूर्ण क्षेत्रलाई नछोएको भन्दै पोखरेलले स्वदेशमै रोजगार तथा स्वरोजगार स्थापनाका लागि पहिलो प्राथमिक्ता दिई बिशेष रुपमा बजेटको व्यवस्था गर्नु पर्नेमा त्यसो नभएको टिप्पणी गर्नुभयो । कार्यक्रममा नेपाली कांंग्रेसका केन्द्रिय सदस्य मनोरह नारायण श्रेष्ठले बजेट बढी महत्वकाक्षी भएको यर्थाथ परक र वस्तुपरक नभएको वताउनु भयो ।

नेपाली कांग्रेस धनकुटाका सभापति अग्नी प्रसाद पौडेलले अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण जिल्ला सचिव विजय सन्तोषी राई र प्रदेश सभा निर्वाचन क्षेत्रिय कार्य समिति –क० का सभापति जितेन्द्र राईले गरेका थिए । कार्यक्रमको उदेश्य जिल्ला कोषाध्यक्ष दिनेश राई प्रकाश पार्नु भएको थियो । स्वागत मन्तव्य जिल्ला सदस्य निर्मल ओझाले राख्नुभएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖