कोरोना रिपोर्ट नेगेटिभ आउन थालेसंगै सामान्य बन्दै धनकुटा
धनकुटा खबर, २४ जेठ । धनकुटामा जेठ ४ गते पहिलो पटक कोरोना संक्रमित भेटिएसंगै संत्रा,स छाए पनि अहिले धनकुटाको अवस्था सामान्य बन्दै गएको छ ।
कोरोना भाईरस कोभिड १९ को कारण संन्त्रा,स छाएको धनकुटामा पछिल्लो समयमा गरिएका स्वाव परिक्षण नेगेटिभ रिपोट आउन थाले संगै बजारमा चहल पहल बढेको छ भने सरकारी कार्यलयमा समेत सेवाग्राही पुग्न थालेका छन् ।
स्थानियतहले समेत कृषि, विकास निर्माण लगायतका काम गर्न सुचना जारी गर्न थालेका छन् । कोरोना भाईरस कोभिड १९ को संक्रमण रोगथाम गर्न भन्दै टायमकार्ड लागु गरेर अत्यावश्यकीय बस्तु खरिद गर्न बजार खोल्ने निर्णय भएको थियो । गाउँ घरमा समेत निकै संन्त्रास बनाएको भए पनि अहिले गाउँघरमा समेत अवस्था सामान्य बन्दै गएको छथरजोरपाटी गाउँपालिकाका चन्द्रप्रकास लिम्बुले बताए ।
धनकुटामा जेठ २२ गते सम्म आरडीटी परिक्षण ६३१ पिसिआर ५४८ जनामा गरीएको थियो भने पिसिआर गरिएका ८ जनामा कोरोना पोजेटिभ देखिएको थियो र अहिले ७ जना कोरोना संक्रमण बाट निको भई सकेका छन् भने १ जना उपचारार्थ रहेका छन् ।


