सरकारले ध्यान नदिएर कोरोना संक्रमण बढ्यो

धनकुटा खबर । कोराना भाईरस नियन्त्रणको पूर्व तयारी र प्रभावकारी कार्यक्रम नभकै कारण दिनप्रतिदिन नेपालमा पनि यो भाईरस तिव्र रुपमा फैलिदै गएको पूर्व मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य मिनेन्द्र रिजालले वताउनुभएको छ ।

नेपाली कांग्रेस धनकुटाद्धारा आयोजित प्रविधिमैत्री जुम अन्र्तक्रियालाई सम्बोधन गर्दै उहाँले त्यस्तो वताउनु भएको हो । अहिले पनि सरकारले कोरोना भाईरस नियन्त्रण गर्ने तर्फ ध्यान नदिएको उहाँले टिप्पणी गर्नुभयो।

मन्त्री रिजालले सम्पूर्ण शक्ति र ध्यान कोरोना भाईरस नियन्त्रण गर्ने तर्फ केन्द्रित हुनपर्नेमा सरकार आन्तरिक खिचातानी मै अलमलिएको आरोप लगाउनुभयो । उहाले सत्तारुढ दल भित्रै अहिले एम सि सि को वारेमा मतभेत रहेको वताउनु भयो । भारतद्धारा मि,चिएको सिमा फिर्ता गर्न सकारले प्रभावकारी कदम चाल्नु पर्नेमा पनि उहाले जोड दिनु भयो ।

त्यस्तै पार्टीका आमन्त्रित केन्द्रिय सदस्य तथा संविधान सभा सदस्य मनोहर नारायण श्रेष्ठले कोरोना भाईरस नियन्त्रण गर्न व्यापक रुपमा पिसिआर परिक्षणलाई अभियानको रुपमा सञ्चालन गर्नु पर्नेमा जोड दिनु भयो । पाटीका जिल्ला सभापति अग्नी प्रसाद पौडेलको अध्यक्षतमा सम्पन्न अन्र्तक्रियामा कोषाध्यक्ष दिनेश राईले स्वागत मन्तव्य राख्नुभएको थियो ।

जिल्ला सदस्य निर्मल ओझाले कार्यक्रमको उदेश्यमाथि प्रकाश पार्नु भएको थियो भने सहजीकरण जिल्ला सचिव विजय सन्तोषी राई, पूर्व सहसचिव राजन पौडेल,प्रदेश निर्वाचन क्षेत्रिय कार्यसमिति क्षेत्र९क० धनकुटाका सभापति जितेन्द्र राईलेगरेका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।