समयमै महाधिवेशन नभए कांग्रेसमा ठूलो संकट आऊछ – नेता सिटौला
धनकुटा खबर । पूर्व उप्रधान मन्त्री तथा नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्ण प्रसाद सिटौलाले तोकिएकै समयमा महाधिवेशन नभए कांग्रेसमा ठूलो संकट आउने वताउनु भएकाे छ ।
नेपाली कांग्रेस धनकुटाले आज आयाेजना गरेकाे प्रविधिमैत्री जुम अन्तरक्रियालाई सम्वाेधन गर्दै उहाँले त्यस्ताे वताउनुभएकाे हाे । पार्टीका पूर्व महामन्त्री समेत रहनु भएका नेता सिटौलाले अव स्थानीय निर्वाचन पनि आउन केही समय मात्र बाँकी भएकोले पार्टीको महाधिवशेन जसरी भए पनि ताेकिएकाे समयमै गर्नु पर्नेमा जाेड दिनुभयो ।
कोरोना भाईरस दिन प्रतिदिन फैिलदै गएको तर यसलाई नियन्त्रण गर्न सरकारकाे कुनै ठोस योजना नभएको भन्दै नेता सिटौलाले सरकार कोरोना भाईरस नियन्त्रण गर्न पूर्ण रुपमा असफल भएको वताउनु भयो । उहाहरुले अहिले जताततै चरम भ्रष्टाचार मौलाएको समेत वताउनु भयो । सवै भन्दा पहिलो महामारी नियन्त्रण गर्न सवै शक्ति लगाएर अभियान सञ्चालन गर्नु पर्नेमा सरकारले लक डाउन लाउनु वाहेक कुनै काम नगरेके वताउदै उहाँले जनताको स्वास्थ्य संग सरकारले ठूलो खेलवाड गरिरहेको वताउनु भयो ।
त्यस्तै पार्टीका आमन्त्रित केन्द्रिय सदस्य तथा संविधान सभा सदस्य मनोहर नारायण श्रेष्ठले केन्द्र देखी वडा तह सम्म सर्व दलिय तथा सर्व पक्षिय समिति बनाएर कोरोना भाईरस नियन्त्रण गर्न सवै एक जुट भएर लागे मात्र महामारी नियन्त्रण गर्न सकिने वताउनु भयो ।
नेपाली कांग्रेस धनकुटाका नेता तथा पूर्व उसभापति अजित नारायण सिंह थापाको अध्यक्षतमा सम्पन्न अन्र्तक्रियामा कोषाध्यक्ष दिनेश राईले स्वागत मन्तव्य राख्नु भएको थियाे । जिल्ला सदस्य निर्मल ओझाले कार्यक्रमको उदेश्य प्रकाश पार्नु भएको थियो । भने कार्यक्रममा सहजीकरण जिल्ला सचिव विजय सन्तोषी राई, पूर्व सहसचिव राजन पौडेल,प्रदेश निर्वाचन क्षेत्रिय कार्यसमिति क्षेत्र(क) धनकुटाका सभापति जितेन्द्र राईले गरेका थिए ।
प्रविधि मैत्री अन्तरक्रियामा पार्टीका पूर्व जिल्ला सभापति हरी अधिकारी,नीति तथा अनुसन्धान प्रशिक्षण प्रतिष्ठानका सदस्य रामजी कोङरेन,जिल्ला सचिव रविन्द्र नेपाली,सह-सचिव सिता श्रेष्ठ, जिल्ला सदस्यहरु विष्णु पौडेल ,अम्बिका परियार लगायतले छलफल गरेका थिए ।


