धनकुटामा ५ सय ७९ जनाको पिसिआर रिपोर्ट नेगेटिभ

धनकुटा खबर, जेष्ठ ३२ । पिसिआर विधिबाट कोरोना परिक्षण गरिएका धनकुटा जिल्लाका ५ सय ७९ जनाको रिपोर्ट नेगेटिभ आएको छ । यो विधिबाट ५ सय ८७ जनाको कोरोना परिक्षण गरिएको मध्ये उल्लेखित संख्याका मानिसको रिपोर्ट नेगेटिभ आएको जिल्ला प्रशासनले जनाएको छ ।

पिसिआर रिर्पोट पोजेटिभ आएर पछिल्लो समय उपचाररत रहेका एक जना निको भएर केही दिन अघि घर फर्किएकाछन् भने अन्य ७ जना त्यसअघि नै निको भई फर्किसकेका थिए ।

त्यस्तैगरी आरडिटी विधिवाट परिक्षण गरिएको ८ सय २७ मध्ये ८ सय ४ जनाको रिपोर्ट नेगेटिभ र २३ जनाको पोजेटिभ आएको जनाईएको छ । आज सम्म जिल्लाको ७ महिला र ३३ पुरुष क्वारेन्टाईनमा छन् भने १२ महिला र ५४ पुरुष होम क्वारेन्टाईनमा रहेको जिल्ला प्रशासन कार्यलय धनकुटाका सूचना अधिकारी जयराम श्रेष्ठले जानकारी दिनुभएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖