लकडाऊनले पाख्रीबासका पशुपालक र उद्योगीलाई पनि डुबायो
धनकुटा खबर । धनकुटाको पाख्रीवास नगरपालिकाका व्यवसायीक पशुपालक किसान तथा उद्योगीले उत्पादन गरेको दुग्ध तथा मासु जन्य सामाग्री विक्रिवितरण नहुँदा समस्या भएको छ ।
कोरोना भाईरस कोभिड १९ को संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउनको कारण त्यहाँका किसान तथा उद्योगीले उत्पादन गरेको दुध, फुल, मासु, छुर्पी, घ्यू लगायतका सामाग्री विक्रिवितरणमा समस्या भएको उनिहरुले गुनासो गरेकाछन् ।
लकडाउनको कारण यातायातका साधनहरु नचल्दा आफुले उत्पादन गरेको झण्डै १२ क्विन्टल छुर्पी अहिले स्टकमा रहेको पाख्रीवास ४ पारिगाउँका युवराज कार्कीले वताउनुभयो । पाख्रीवासमा विकास डेरि उद्योग समेत सञ्चालन गर्दै आउनुभएको कार्कीले लकडाउन अघि पशुपालक किसानहरुबाट ८ सय लिटर वढी दुध खरिद गरी दुग्ध जन्य सामान उत्पादन तथा विक्रिवितरण गर्दै आउनुभएकोमा अहिले करिव डेड सय लिटरमात्र दुध खरिद गर्दै आउनुभएको छ ।
यसरी आफुले उत्पादन गरेको सामाग्री विक्रिवितरण गर्न नपाउदा त्यहाँका किसान तथा उद्योगीलाई समस्या हुनुका साथै कतिपय किसानले पशूलाई आवश्यक पर्ने औषधि समयमा नपाउँदा पशु म,रेर अर्को नोक्सान वेहोर्नुपरेको पाख्रीवास नगरपालिका पशुसेवाशाखा प्रमुख गोरख वहादुर तामाङ्गले जानकारी गराउनुभयो ।
साथै नगर क्षेत्रका पशुपालन व्यवसायमा अहिले पशु पोषणका लागि आहारको अभाव, पशुमा विभिन्न रोगको समस्या, गोठ खोरको उचित व्यवस्थापनमा कमी जस्ता समस्याहरु देखिएको उहाँको भनाईछ ।


