विश्व चेतना दिबसमा धनकुटाका जेष्ठ नागरिक सम्मानित
धनकुटा खबर, असार १ । ज्येष्ठ नागरिक जिल्ला संघ धनकुटाले आज ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । ‘ज्येष्ठ नागरिक दु,व्र्यबहार विरु,द्धको आवाज बुलन्द गरौँ’ भन्ने मूल नाराका साथ मनाईएको ज्येष्ठ नागरीक प्रति हुने दु,व्र्यबाहार विरु,द्ध १५ औँ विश्व चेतना दिबसको अबसरमा संघले जे्ष्ठ नागरिकहरुलाई सम्मान गरेको हो ।
ज्येष्ठ नागरिक जिल्ला संघ धनकुटाका अध्यक्ष राम बहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धनकुटा नगरपालिकाका ४ जना ज्येष्ठ नागरिकाका परिवारहरुलाई सम्मान गरीएको छ । सम्मानित हुनेहरुमा वडा नम्बर ४ का ८३ बर्षिय मिटुमा राईकी बुहारी तुलसी राई, ५ नम्बर वडाका ८७ वर्षिय पंचकुमारी श्रेष्ठकी बुहारी ईन्दिरा श्रेष्ठ रहेकाछन् । त्यस्तै वडा नं ६ का ९१ वर्षिय रामबहादुर श्रेष्ठको बुहारी सपना श्रेष्ठ र ७ नम्बर वडा धनबिर राईका छोरी भारु राई रहेकाछन् ।
कार्यक्रममा फागुन महिनामा दैनिक दिवा सेवा कार्यक्रममा सबै भन्दा बढी उपस्थित हुने ४ जनालाई पनि पुरस्कृत गरीएको छ । ज्येष्ठ नागरीक जिल्ला संघ धनकुटाका बरिष्ठ उपाध्यक्ष ईन्द्र बहादुर श्रेष्ठ , सल्लाकारहरु, ज्येष्ठ नागरीक नगर संघ ७ नं वडाका अध्यक्ष बुद्धिकान्त घिमिरे लगायतको उपस्थितिमा भएको कार्यक्रममा कोरोना भाईरस बाट वच्न न्यूनीकरण उपयोग गरिने सामाग्रीहरु माक्स , साबुन तथा सेनिटाईजर पनि वितरण गरीएको थियो ।
विश्रान्ती मन्दिरका कार्यबाहक अध्यक्ष शखर दाहालको प्रमुख आतित्यथामा सम्पन्न कार्यक्रमको सञ्चालन संघका सचिव कृष्ण भागव्त श्रेष्ठले गर्नु भएको थियो ।


