धनकुटामा विहानै देखि बर्षा
धनकुटा खबर, २ असार । मनसुन सुरु भएको केहि दिनमै धनकुटामा आज विहानै देखि बर्षा भई रहेको छ । केहि दिन देखि मौषम परिवर्तन भई मौषम सफा हुने र बर्षा हुने क्रम धनकुटा भएको भए पनि आज विहान बाट भने निरन्तर बर्षा भई रहेको हो ।

बर्षा भए संगै धनकुटा सदरमुकाममा लकडाउन पछि हिजो बजारमा चहल पहल बढेको भए पनि आज विहान नै बाट बजारमा बजारमा चहल पहल केहि घटेको छ । अहिले धनकुटाका अधिकांश स्थानमा वर्षा भई रहेको छ ।


