राहत बाडेको यथार्थ खर्च विवरण माग्दै कांग्रेस

धनकुटा खबर । विश्व मामारीको रुपमा फैलिएको कोरोना भाईरस संक्रमण नियन्त्रणका लागि सरकारले आह्वान गरेको लकडाउनको कारण समस्यामा परेकाहरुलाई शहिदभूमि गाउँपालिका र वडा तह मार्फत वितरण गरिएको राहतको यथार्थ खर्च विवरण तत्काल सार्वजानिक गर्न लगायतका माग गर्दै नेपाली कांग्रेस शहिदभूमि गाउँपालिकाले आज शहिदभूवम गाउँपालिकामा १५ बुँदे ध्यानाकार्षण पत्र वुझाएको छ ।

गाउँपालिका प्रमुख मनोज राई कार्यव्यस्त रहेको भनेपछि प्रमुखको स्वकीय सचिव केशव राईलाई ध्यानाकार्षण पत्र बुझाइएको नेपाली कांग्रेस शहिदभूमि गाउँपालिकाका कार्य वाहक सभापति कनक बहादुर राईले वताउनुभयो ।

ध्यानाकार्षण पत्रमा गाउँपालिका र वडा तहले कोरोना भाईरस माहामारीमा वितरण गरिएको राहतको यथार्थ खर्च विवरण तत्काल सार्वजानिक गर्न , राहत वितरण कार्यमा भइरहेको राजनीतिक पूर्वग्रह तत्काल बन्द गरी निष्पक्ष ढंगले राहत वितरण गर्न जोडदार माग गरिएको छ ।

त्यस्तै आरडिटी परिक्षण प्रणालीलाई तत्काल बन्द गरि पिसिआर परिक्षणलाई व्यापक रुपमा सञ्चालन गर्न स्थानिय, शहिदभूमि गाउँपालिकामा पिसिआर ल्याब सहितको कोरोना अस्पताल स्थापना गर्न, गाउँपालिकाको ७ वटै वडामा विश्व स्वस्थ्य संगठनले तय गरेको मापदण्डमा आधारित क्वारेन्टाइन निर्माण गर्न,संकटमा परेका उधोगी, व्यावसायी, एवम् व्यापारीहरुको बैंकको ब्याज, घरभाडा, सबै प्रकारका कर मिनाहा गर्न तथा सहुलियत दरमा कर्जा, पुर्नकर्जाको व्यवस्था गर्न माग गरिएको छ ।

त्यस्तै स्थानीय स्त्तरमै कृषकहरूलाई गुणस्तरीय मल, बीउ विजन तत्काल उपलब्ध गराउन, शहिदभूमि गाउँपालिकाका उधोग, व्यापार, व्यावसाय, थलथले साप्ताहिक हाट बजार र पन्चाकन्या साप्ताहिक हाट बजार सञ्चालन गर्न उचित मापदण्ड तयार गरि तत्काल सुचारू गरि आर्थिक संकटलाई कम गर्न सरकार गम्भिर बन्न माग गरिएको नेपाली कांग्रेस शहिदभूमि गाउँपालिकाका कार्य वाहक सभापति राईले बताउनु भयो ।

योजना छनौट र बजेट विनियोजनमा राजनीतिक पूर्वाग्रह नराखि गर्नु पर्ने,विद्यालय व्यवस्थापन समिति चयनमा शिक्षा ऐनमा उल्लेख भए वमोजिम अभिभावकमा सार्वभौम अधिकार सूरक्षित गर्न,विकास निर्माणको कार्यमा गठन हुने उपभोक्ता समिति चयनमा आम उपभोक्तामा सार्वभौम अधिकार प्रदान गर्न, आम विकास निर्माण कार्यहरूको सार्वजानिक सुनुवाई कार्यक्रम सम्बन्धित विकास निर्माण कार्यस्थलका लाभान्वित घरधुरीको पहुँचमा हुने गरि व्यवस्था गर्न, भुकम्प पिडित राहत वितरण तथा विपन्न घरधुरी जस्तापाता वितरण कार्यमा भइरहेको राजनीतिक पूर्वग्रह तत्काल बन्द गरि सम्बन्धित योजनाको कार्यविधि अनुरुपका आम लक्षित वर्गलाई समान ढंगले वितरण गर्न जोडदार माग गरिएको पार्टीका शहिदभुमि गाउँपालिकाका सचिव नेपाली कांग्रेस पार्टी शहिदभुमि गाउँपालिका सचिव रुद्र राईले बताउनु भयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖