धनकुटामा शान्ति सूर,क्षा कायम गर्न सवैसँग सहकार्य गर्छौं – एसपी अधिकारी

धनकुटा खबर, असार ७ । अहिलेको विषम पस्थितिमा उद्योगी, व्यापारी एवम् व्यावसायीहरुको समस्या र समाधानको विषयमा धनकुटा उद्योग बाणिज्य संघ र जिल्ला प्रहरी कार्यालय वीच आज छलफल भएको छ ।

छलफलको क्रममा जिल्ला प्रहरी कार्यालय धनकुटाका एस पी गोविन्द्र अधिकारीले कानुनको परिधि भित्र रही कानुन सम्मत ढंगले जिल्लाका उद्योगी व्यापारी तथा व्यावसायीहरुलाई सहयोग गर्ने वताउनु भएको छ । त्यसलाई सवैले सहयोग गर्नु पर्ने भन्दै जिल्लाको शान्ति सूर,क्षा कायम गर्न सवैसँग सहकार्य गर्ने समेत बताउनु भयो ।

छलफलमा धनकुटा उद्योग बाणिज्य संघका पदाधिकारीहरुले अहिले धनकुटाको व्यापार, व्यावसायको अवस्थाको वारेमा जानकारी गराउदै व्यापार, व्यावसाय सञ्चालनमा सहयोग गर्न आग्रह गरेका थिए । उनिहरुले व्यापार व्यावसाय सहज रुपमा सञ्चालन गर्ने वातावरण बनाउन सहयोग गर्न समेत आग्रह गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय धनकुटामा भरखर मात्र सरुवा भै कार्यालय प्रमुखका रुपमा आउनु भएका एस पी अधिकारीलाई उद्योगी, व्यावसायी र व्यापारीहरुको तर्फबाट धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, निर्वतमान अध्यक्ष उमेश घिमिरे, वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ्ग, उपाध्यक्ष कृष्णराज श्रेष्ठ, महिला उपाध्यक्ष निर्मला राई श्रेष्ठ, सचिव श्रीराम रायमाझी, कार्यकारी सदस्यहरु रेजिना पलिखे, डिजेश शाक्य, सुनिता थापा, लिजा श्रेष्ठ लगायतले खदा तथा टिका लगाई स्वागत गर्दै सफल कार्यकालको शूभकामना व्यक्त गरेका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖