धनकुटा नगरपालिका-५ ले माग्यो टोलबस्तीसंग योजना

धनकुटा खबर । धनकुटा नगरपालिका वडा न ५ ले आर्थिक बर्ष ०७७–०७८ मा वडामा संचालन गर्नु पर्ने योजनाको माग गरेको छ ।

वडा न ५ ले आर्थिक बर्ष ०७७–०७८ मा वडामा संचालन गर्नु पर्ने योजनाको माग टोलवस्ती संगठनहरु संग माग गरेको हो कार्यलयले आज वडा भित्रका १२ वटा टोलबस्ती संगठन संग टोलबस्ती संगठनमा गर्नु पर्ने आयोजनाको माग गरिएको वडा सदस्य गोविन्द राईले जानकारी दिनु भयो ।

वडा भित्रका सबै टोलवस्ती लाई योजना माग गर्न जानकारी गराईए अनुसार माग आएको उहाँको भनाई थियो । वडाको बजेटले धान्न सक्ने योजनाको काम वडा बाट हुने र अन्य ठुला आयोजनाको लागि नगरपालिका, प्रदेश र संघ संग समेत माग गरी वडाको विकासलाई गतिशिल बनाईने वडा अध्यक्ष धनबहादुर राईले बताउँनु भयो ।

टोल बस्तीबाट ढल निर्माण, खानेपानी भौतिक निर्माणका काम र सडक विस्तार र स्तरोन्ती लगायत साना देखि ठुला योजनाको माग आएको अध्यक्ष राईले जानकारी दिनु भयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖