धनकुटामा घरभाडा छुट गर्ने घरधनीहरुको लगत संकलन शूरु

धनकुटा खबर । धनकुटा उद्योग बाणिज्य संघले आज देखी धनकुटा वजारमा घर भाडा छुट गर्ने घर धनीहरुको लगत संकलन शूरु गरेको छ । लगत संकलनको क्रममा आजै धनकुटा बजारमा मात्र थप २७ जना घर धनीहरुले घर भाडा मिनाहा गर्नु भएको धनकुटा उद्योग बाणिज्य संघका कोषाध्यक्ष रुपेश श्रेष्ठले वताउनु भयो ।

सोही अवसरमा संघले रोग प्रतिरोधात्मक क्षामता वृद्धी गर्ने औषधि पनि वितरण गरेको छ । संघका अध्यक्ष विजय सन्तोषी राई सहित कार्यकारी सदस्यहरु रेजिना पलिखे,लिजा श्रेष्ठ ,धनकुटा उद्योग बाणिज्य संघका कर्मचारी मिनश श्रेष्ठ लगायतका टोलीले कोरोना भाईरस लाग्न नदिन रोग प्रतिरोधात्मक क्षामता वढाउने औषधि त्यहँका उद्योगी, व्यापारी, व्यावसायी र उपभोक्ताहरुलाई वितरण गरेका हुन् । यो औषधी वितरण अभियानलाई अझ तिव्र रुपमा सञ्चालन गर्ने संघका अध्यक्ष राईले वताउनु भएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖