धनकुटा नगरपालिकामा स्वास्थ्य विमा कार्यक्रम सुरु

मानवी माेक्तान, धनकुटा खबर । गुणस्तरीय स्वास्थ्य सेवा सर्वसाधरणलाई पु¥याउने उद्धेशयका साथ धनकुटा नगरपालिकाले स्वास्थ्य विमा कार्यक्रम सुरु गरेको छ ।

त्यस्तै यो विमा कार्यक्रम प्रत्येक घरपरिवारका जुनसुकै उमेर समुह समावेश हुने धनकुटानगरपालीका मेयर चिन्तन तामाङले बताउनु भयो । साथै बिमा कार्यक्रम बाट सेवा सुवीधा पाउनका लागि ५ जनाको परिवार ले रु ३ हजार ५ सय बुझाउनु पर्ने छ भने त्यो बापत उनीहरुले वार्षिक १ लाख रुपैयाँसम्मको सेवा सुबिधा पाउने व्यवस्था नेपालसरकारले गरेको बताउनु भयो ।

५ जनाको परिवारलाई एउटा इकाइ मानियको छ । ५ जनाभन्दा बढीको सदस्य रहेको हकमा भने प्रती सदस्य ७ सय गरेर वार्षिक १ लाखमा २० हजारका दरले औषधी उपचारको सुविधा २ लाख सम्म थपिदै जाने मेयर तामाङ ले बताउनु भयो । ७० वर्ष पुगेका जेष्ठ नागरीक र एचआइभि एडस ,एमडिआरटिभि र लेप्रोसी लगाएत का विरामिले भने निशुल्क १ लाखको उपचार सेवा पाउने नगरपालिका को स्वास्थ संयोजक भोजराज भण्डारी ले बताए ।

त्यस्तै रातो कार्ड पाएका अपांगहरुले पनि स्वास्थय सेवा सुबिधा पाउनका लागि कुनै प्रिमियम बुझाउनु नपर्ने बताए । अति गरिब परिवारका हकमा भने अतिगरिबको परिचयपत्र पाउनेहरुका लागि कुनै पनि योगदान नचाहिन्ने नेपाल सरकार आफैले बीमा गर्ने व्यवस्थारहेको नगरका स्वास्थ्य संयोजक भण्डारीले जानकारी दिएको छ ।

धनकुटा नगरपालिकाको १० वटै वडामा यस अघि एक एकजना दर्ता सहयोगी छनोट भइसकेको र बिमा सम्बन्धि तालिम दिएर अहिले उनीहरुलाई नै बीमा एजेन्ट र अभिकर्ता को काम गरीरहेको नगरपालिकाको प्रवक्क्ता जम्सेर छाराहाङ राई ले जानकारीदिएको छ । उहाका अनुसार छनोट गरीएका सहयोगी अभिकर्ता घरघरमै गएर तथ्यांक संकलन र बीमाको विषयमा सर्वसाधरणलाई बुझाउने, आवद्ध गराउने काम गर्ने बताउनु भयो । सहयोगिबाट संकलित तथ्यांकको आधारमा बीमा हुन्छ भने बीमित भएकै आधारमा कार्ड पनि वितरण गरिन्ने नगरले जनाएको छ ।

यो बीमा गरिएका बिमित ले सामान्य देखि लिएर मुटुरोगि , मृगौला सम्बन्धि लगायत १० वटा रोग तथा स्वास्थ्य समस्याको सेवा लिन पाउनेछन् । यस अघि राष्ट्रिय बिमा बोर्ड बाट यो कार्यक्रम सञ्चालन भइरहेको थियो भने अहिले प्रादेशिक बिमा बोर्ड बाट सञ्चालन भइरहेको नगरले जानकारी दिएको छ ।

बिमित व्यक्तिहरु ले बिमा बोर्डले समन्वय गरेका हस्पिटल बाट परिचय कार्डको आधारमा सेवा सुवीधा प्राप्त गर्ने छ । जिल्ला अस्पताल धनकुटा, विविकोइराला धरान ,नोभेल हस्पिटल ,कोषि र विराट मेडिकल विराटनगर लगाएतका हस्पिटल बाट सेवा सुवीधा पाउने व्यवस्था गरीएको छ ।

नगरपालिकाको वडा नं ७ का जेष्ठ नागरीक संकर दाहाललाई बिमाको परिचय पत्र वितरण गर्दै नगरका मेयर चिन्तन तामाङले नगरमा यो कार्यक्रम असार ९ गते देखि सुभारम्भ गरेका थिए । असार महिना भित्र विमा गरिसककेकोले भभदौ देखी स्वास्थ्य सेवा सुविधा पाउनेछन । साउनदेखी उता गर्नेले मंशिर महिनादेखी पाउने जनाईएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।