धनकुटाको पाख्रीवासमा च्यापकटर मेसिन बाँडियो

शर्मिला राई, धनकुटा खबर । धनकुटाको पाख्रीवास नगरपालिका वडा नं ४ का किसानहरुलाई आज च्यापकटर मेसिन वितरण गरिएको छ ।

कृषकहरु सँग वडाध्यक्ष कार्यक्रम अन्र्तगत चालु आर्थिक वर्षको ४ लाख वजेट मार्फत सो वडा का सम्पूर्ण टोलका किसानलाई हुनेगरी १० वटा च्याप कटर मेशिन वितरण गरिएको हो । यो सँगै चालु आर्थिक वर्षको योजनाको करिव ९५ प्रतिशत काम सकिएको वडाले जनाएको छ ।

मेशिन सँगै किसानहरुलाई १७ वटा टनेल समेत प्रदान गरिएको वडाध्यक्ष सोवित निरौलाले जानकारी दिनुभयो । किसानहरुलाई कृषी पेषामा उत्साहित गर्दै व्यवसायीक वनाउने लक्षका साथ यही असार महिना भित्रै नेपीयर सिओ थ्री, सिओ फो लगायत ४ जातको घाँसको विरुवा समेत वितररण गरिने वडाले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।