धनकुटाको पाख्रीबासमा तयार हुँदै व्यवस्थित ब,धशाला

धनकुटा खबर । धनकुटाको पाख्रीवास नगरपालिकाको साप्ताहिक शनिवारे हाट वजारमा व,धशाला निर्माण भईरहेको छ । शहरी विकास कार्यलय धनकुटाद्धारा प्राप्त १५ लाख वजेट मार्फत त्यहाँ वधशाला निर्माण भईरहेको हो ।

स्थानिय उपभोक्ता समिति मार्फत भईरहेको वधशाला निर्माण कार्यमा स्थानिय युवाहरु सक्रियताका साथ खटिरहेको ४ नं वडा कार्यलयले जनाएको छ । झण्डै २ रोपनी वढी जग्गा क्षेत्रफलमा वनिरहेको व,धशाला निर्माणको काम अन्तिम चरणमा पुगेको निर्माण उपभोक्ता समितिका अध्यक्ष सन्तोष मान्नधरले वताउनुभयो ।

उहाँका अनुसार अव व,धशालामा टायल विछ्याउने र प्लाष्टर गर्ने काम मात्र बाँकी छ । निर्माण कार्यमा निर्माण उपभोक्ता समितिका २३ जना युवाहरु खटिएका छन् । स्थानियका अनुसार यसअघि त्यहाँ व,धशाला भएपनि व्यवस्थित थिएन ।

अब नयाँ व,धशाला निर्माण भएपछि त्यहाँका सर्वसाधारणले स्वच्छ स्वच्छ मासु उपभोग गर्न पाउने अपेक्षा गरिएको छ । यो सँगै सोही हाट वजारकै छेउको झण्डै ३५ मिटर वाटो पनि सोही वजेट मार्फत वनाउने समितिले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।