एमसीसी खारेजको माग गर्दै नागरिक समाज धनकुटाले सरकारलाई बुझायो ज्ञापनपत्र

धनकुटा खबर, असार १६ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) खारेजको माग गर्दै नागरिक समाज धनकुटाले आज सरकारलाई ज्ञापनपत्र पेश गरेको छ ।

देश र जनताको हित बिपरित एमसीसी आएको ठहर गर्दै धनकुटामा प्रमुख जिल्ला अधिकारी केशव प्रसाद विमली मार्फत नागरिक समाजले सरकारलाई ज्ञापनपत्र बुझाइएको हो ।

एमसीसी सम्झौता खारेज नभएमा नेपाली भुमिमा अमेरिकी सेना परेड खेल्ने स्थिति आउने नागरिक समाजको ठहर छ । नेपालको राष्ट्रियता नै धरापमा राखेर नेपाली जनताले एमसीसी स्विकार गर्न नसक्ने भन्दै यो सम्झौता राष्ट्रघाती भएकाले खारेज गर्नुपर्ने माग गरिएको नागरिक समाज धनकुटाका सुन्दरबाबु श्रेष्ठले बताउनुभयो ।

समाजद्धारा जारी ज्ञापनपत्रमा देश बेच्ने अधिकार कसैको नभएको, अमेरिकी सैन्य गठबन्धन तथा बैदेशिक हस्तक्षेप सहिय नभएको र एमसीसी कुनै हालतमा खारेज गर्नुपर्ने उल्लेख छ ।

ज्ञापनपत्र वुझाउनु अघि नागरिक समाज धनकुटाको अगुवाइमा स्थानीय मदनचोकबाट शूुरु भएको र्यालीले चुवाको बोट, परिचय मोड, बीचबजार, भीमसेन थान, भीमनायण चोक हुदैँ जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको थियो ।

र्यालीमा सहभागीले राष्ट्रघाती सम्झौता खारेज गर, तेरो सहयोग चाँइदैन बुटले कुल्चन पाइदैन, हाम्रो माटो हाम्रो देश प्राण भन्दा प्यारो छ, देश बेच्न पाइदैन लेण्डुप नेता चाहिँदैन, नो एमसीसी, गो व्याक अमेरीका जस्ता प्लेकार्ड बोकेका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖