म्याद सकिएको खाद्य सामाग्री नबेच्न भेडेटारका व्यावसायीलाई आग्रह

धनकुटा खबर । धनकुटा जिल्ला बजार अनुगमन समितिले धनकुटाको पर्यटकीय केन्द्र भेडेटारका व्यापारी व्यावसायीलाई पसलमा म्याद सकिएको खाद्य सामाग्रीहरु नवेच्न आग्रह गरेको छ ।

समितिले आज त्यहाँका किसाना तथा अन्य पसलहरुको अनुगमन गर्दै पसलमा उपभोक्ताले देख्ने स्थानमा मूल्य सूची राख्न,सामाजिक दुरी कायम गर्दै सूरक्षित ढंगले व्यवासया सञ्चालन गरी म्याद सकिएका सामाग्रीहरु नवेच्न आग्रह गरेको हो ।

अनुगमनको क्रममा म्याद सकिएका सामाग्री पसलहरुमा भेटिए पछि व्यापारीहरुलाई त्यस्तो आग्रह गरिएको अनुगमन टोलिमा संलग्न धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले जानकारी दिनुभयो । टोलीले पूर्वी पहाडी जिल्लाका प्रमुख प्रवेशद्धार तथा नाकाको रुपमा रहेको सुरक्षा चेक पोष्टको समेत निरिक्षण गरी दैनिक उपभोग्य समाग्रीहरु ,निर्माण समाग्रीहरु बोक्ने सवारी साधनको चेकिङ्ग, ढुवानीको अवस्था लगायत विविध विषयमा जनकारी लिदै भेडेटार कै नाम्जेको पहिरोको समेत निरिक्षण गरेको थियो ।

टोलिमा अनुगमन समितिका संयोजक तथा धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठ, घरेलु तथा साना उद्योग कार्यालय धनकुटाका प्रमुख दिनेश ढुंगाना, करदाता सेवा कार्यालय धनकुटाका प्रुमख रमेश ढकाल, लेखा अधिकृत गिता आचार्य, धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष राई, नेपाल पत्रकार महासंघ धनकुटाका उपाध्यक्ष नगेन्द्र राई, भेडेटार प्रहरी चौकीका प्रमुख युद खड्का, सागुरगढी गाउपालिका वडा नं ६ भेडेटारका अध्यक्ष यम प्रकाश मागर, जिल्ला प्रशासन कार्यालय धनकुटाका नायव सुब्बा रत्न दर्लामी, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटाका प्रमुख शिव शंकर मिश्र, उपभोक्ता संरक्षण हित मञ्जका पूर्ण खतिवडा सहित सञ्चारकर्मी लगायतको सहभागिता थियो ।

धनकुटा जिल्लाको सिधुवा बजारमा हालै मात्र अनुगमन गरिएको र अन्य बजारहरुमा समेत अनुगमन गरिने जनाईएको छ । अनुगमनको क्रममा व्यापारीहरुलाई सम्वन्धित कार्यलयहरुवाट लगाईने करको वारेमा समेत जानकारी गराईएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।