धनकुटाका ५ वर्ष सम्मका वालवालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाईदै
धनकुटा खबर, असार २१ । धनकुटाका ५ वर्ष सम्मका वालवालिकाहरुलाई भोलि र पर्सी भिटामिन “ए” र जुकाको औषधि खुवाईदै छ ।
सरकारको राष्ट्रव्यापी कार्यक्रम अन्र्तगत ६ महिनादेखी ५ वर्ष मूनिका वालवालिकालाई भिटामिन ए र १ वर्ष देखी ५ वर्ष सम्मका वालवालिकाहरुलाई जुकाको औषधि “अलवेण्डा जोल” खुवाउन लागिएको हो ।
जसका लागि सवै स्थानिय तहमा तयारी पूरा भएको जनाईएको छ । भिटामिन ए र जुकाको औषधि खुवाउन जिल्लाभर ३ सय ४२ महिला स्वास्थ्य स्वम्सेविका परिचालन गरिने स्वास्थ्य कार्यलय धनकुटाका प्रमुख तुलसी प्रसाद गुरागाईले जानकारी दिनुभयो ।
सामाजिक दूरी कायम गर्दै यो उमेर समूहका जिल्लाका १६ देखी १७ हजार वालवालिकालाई औषधि खुवाउने लक्ष राखिएको प्रमुख गुरागाईको भनाई छ ।


