बैंक तथा वितिय संस्थालाई ब्याज मिनाहा गर्न र किस्ता बुझाउने म्याद ३ महिना पछि सार्न माग
धनकुटा खबर । बैंक तथा वितिय संस्थालाई ऋणको ब्याज मिनाहा गर्न र ऋणको किस्ता बुझाउने म्याद सार्न माग गर्दै धनकुटा उद्योग बाणिज्य संघले आज गर्भनर र सबै बैंक तथा वितिय संस्थाका सिइओलाई धनकुटा शाखाहरु मार्फत ध्यानाकर्षण पत्र पठाएको छ ।
असार मसान्त सम्म सवै बैंक तथा वित्तिय संस्थाहरुले ऋणको किस्ता बुझाउन वारम्वरा दवाव दिदै आएपछि संघले लक डाउन समाप्त नभएकोले लक डाउन अवधिभरको ऋणको ब्याज मिनाहा गर्न र ऋणको किस्ता लक डाउन समाप्त भएको तीन महिना पछी मात्र बुझाउने निर्णय गरी दिन राष्ट्र बैंकका गर्भनरलाई राष्टिय बाणिज्य बैक धनकुटा मार्फत र अन्य बैक तथा वितिय संस्थाहरुलाई धनकुटा शाखाहरु मार्फत ध्यानार्कषण पत्र पठाएर अनुरोध गरेको हो ।
केही बैंक तथा वितिय संस्थाहरुको चर्को दवाव तथा निरन्तरको ताकेता कारण केही ऋणीहरुले आत्मा हत्या समेत गरेकोले माननवीय संवेदनशीलतालाई ध्यानमा राखेर भएपनि किस्ता बुझाउने म्याद सारिदिन र लक डाउन अवधिभरको ऋणको व्याज मिनाहा गरिदिन धनकुटा उदोग बाणिज्य संघले जोडदार माग गर्दै ध्यानार्कषण पत्र पठाएको धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले वताउनु भयो ।

संघको तर्फबाट अध्यक्ष विजय सन्तोषी राई,वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुग,महासचिव राम वहादुर तामाङ्ग,कोषाध्यक्ष रुपेश श्रेष्ठ, लगायतको टोलिले ज्ञापन पत्र धनकुटाका सवै बैक तथा वितिय संस्थाहरुका प्रवन्धकहरुलाई बुझाउदै गर्भनर र सिइओ लाई पठाई दिन आग्रह गरेका थिए । राष्टिय बाणिज्य बैंक धनकुटाका निमित्त प्रवन्धक केनदिप श्रेष्ठ,कृषि विकास बैंक धनकुटा शाखाका प्रवन्धक संजिव कोईराला,सप्तकोशी विकास बैक धनकुटाका प्रवन्धक चन्द्रमणी चौलागाई,सिदार्थ बैंक धनकुटाका प्रवन्धक सुरेश कार्की लगायतलाई ध्यानार्कषण पत्र बुझाउँदै सम्वन्धित बैक तथा वितयि संस्थाका प्रमुख कार्यकारी अधिकृत समक्ष पठाई दिन धनकुटा उद्योग बाणिज्य संघले आग्रह गरेको छ ।
संघका अध्यक्ष राई र महासचिव राम वहादुर तामाङ्गद्धारा हस्ताक्षरित ध्यानार्कषण पत्रमा लक डाउनका समयमा कुनै पनि हातलमा व्यापारी,व्यावसायी र ऋणीहरुले किस्ता बुझाउन नसक्ने भएकाले लक डाउन समाप्त भएको तीन महिना पछि मात्र किस्ता बुझाउन र लक डाउन अवधिभरको व्याज मिनाहा गरी दिनका लागि निर्णय गरी सहयोग गर्न अनुरोध गरिएको छ ।
ऋणको किस्ता बुझाउने र लक डाउन अवधिभरको ऋणको व्याज मिनाहा नगरे सशक्त आन्दोलन गर्न बाध्य हुने समेत ध्यानकर्षण पत्रमा उल्लेख छ ।



