हिलेका तीन पीडितलाई आर्थिक सहयोग

कबिराज घिमिरे, धनकुटा । इस्टर्न नेपाल युथ एसोसीएसन अफ मकाओले धनकुटा हिलेका तीन ब्याक्तिलाई आर्थिक सहयोग गरेको छ ।

हिले फुटबल क्लबको संयोजनमा स्वास्थ्य उपचारमा समस्या भएका मृगौला पीडित लक्ष्मी बर्देबा, सबारी दुर्घटनामा परेका किरण शाक्य र लडेर करङ भाचिएका महाबिर बिक लाइ सहयोग गरेका हुन् । बेर्देबालाइ ८५ हजार, शाक्य र बिकलाई १५, १५ हजार नगद तथा पौष्टिक आहार, स्वास्थ्य सामाग्री खाद्यान्न फलफुल गरी कुल एकलाख ४० हजार रुपैया बराबरको सहयोग गरीएको हिले फुटबल क्लबका सचीब अर्जुन शाहि ठकुरीले जानकारी दिनुभयो ।

सो रकम तथा सामाग्री पिढितका परीबारलाइ धनकुटा नगरपालिका वडा नम्बर एकका बडाध्यक्ष निरेन तामाङ्गले हस्तान्तरण गर्नु भयो । करङ भाचिएका महाबिर बिकको सम्पुर्ण स्वास्थ्य उपचारमा लाग्ने खर्च समेत क्लबले गर्ने समेत जनाइएको छ ।

सहयोग गर्ने इस्टर्न नेपाल युथ एसोसीएसन अफ मकाओ मकाओमा रहेको नेपालिको एक संस्था हो । सो संस्थामा आबद्द हिलेका सुवास घिसिङ्ग, कबिन्द्र शाक्य, जिबन श्रेष्ठ तथा सञ्जीब बम्जनले आर्थिक सहयोग गरेका हुन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।