धनकुटामा पनि निरन्तर बर्षा
धनकुटा खबर । मनसुन सक्रिय भएसंगै धनकुटामा समेत विहानै देखि निरन्तर बर्षा भई रहेको छ ।

धनकुटामा यो वर्ष औषत भन्दा बढी बर्षा भई रहे पनि हिजो वेलुका देखि भने धनकुटाका धेरै स्थानमा बर्षा भई रहेको थियो तर आज विहानबाट भने जिल्लाका अधिकांश स्थानमा बर्षा भईरहेको छ । बर्षाका कारण जनजीवन प्रभावित भएको छ । ग्रामिण सडक भने धेरै स्थानमा विग्रिएको स्थानियहरुले जानकारी दिएका छन् । (फाईल फोटो)


