धनकुटामा आज सम्म १ हजार २ सय ३७ जनाको ‘पिसीआर परिक्षण’ गरियो
धनकुटा खबर । धनकुटामा आज सम्ममा १ हजार २ सय ३७ जनाको पिसीआर विधी द्धवारा स्वाव संकलन गरि परिक्षण गरिएको छ । आज मंगलबार सम्म गरिएका परिक्षण र आएका रिपोट मध्ये १८ जनाको रिपोट पोजेटिभ आएको छ ।
त्यस्तै १ हजार २ सय ३ जनाको रिपोट नेगेटिभ आएको स्वाथ्य कार्यलय धनकुटाका प्रमुख तुलसीप्रसाद गुराँगाईले जानकारी दिनु भयो । संकलन गरि पठाइएका मध्ये १६ जनाको रिपोट भने आउन बाँकी रहेको उहाँको भनाई थियो ।
कोरोनालाई जितेर धनकुटाका १७ जना घर फर्कि सकेका छन् भने १ जना उपचारको क्रममा रहेको समेत प्रमुख गुराँगाईको भनाई थियो । फ्रन्ट लाईनमा काम गर्नै स्वाथ्यकर्मी, सुरक्षाकर्मी र धनकुटा जिल्ला बाहिरबाट धनकुटाका क्वारेनटाईनमा बसेकाहरुको स्वाव संकलन र परिक्षण जारी राखेको प्रमुख गुराँगाईले जानकारी दिनुभयो ।


