जुम्लामा फल्न थाल्यो इटालियन फूजी स्याउ

जुम्ला – जुम्लामा स्थानीयका अतिरिक्त इटालियन फूजी स्याउ समेत फल्न थालेको छ । जुम्ली एग्रो फार्म र हाम्रो सहकारी प्रालिले चार वर्षअघि १० वर्षका लागि चन्दननाथ मन्दिरको २० हजार वर्गमिटर क्षेत्रफल जग्गा भाडामा लिएर स्याउखेती गरिरहेका छन् ।

जसमा तीन हजार ५०० फुजी जातको स्याउको बिरुवा लगाइएको छ । जिल्लाभरि लगाइएका अन्य स्याउ नफलिरहेको अवस्थामा फुजी स्याउ लटरम्म फल्दा किसानमा खुशी छाएको छ ।जुम्ला एग्रो फार्मका व्यवस्थापक रेश्मा श्रेष्ठले १० हजार वर्गमिटर क्षेत्रफलमा लगाइएको दुई हजार २०० स्याउको बिरुवामध्ये एक हजार ७०० बिरुवा फलेको बताउनुभयो ।

यस वर्ष सो फार्ममा कम्तीमा १० देखि १२ टनसम्म फूजी स्याउ उत्पादन हुने अनुमान गरेको श्रेष्ठले बताउनुभयो ।फूजी स्याउ एउटा बिरुवामा १० देखि १५ केजी फल्ने गर्दछ । चालू आवदेखि प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना स्याउ सुपरजोन जुम्लाले किसानलाई प्रतिबिरुवा ५०० अनुदान उपलब्ध गराउने योजना बनाएको सुपरजोन जुम्लाले जनाएको छ ।रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।