धनकुटा जिल्लामा आज सम्मको कोरोना अपडेट यस्तो छ
धनकुटा । धनकुटा जिल्लामा आज सम्म आरडीटी परिक्षण विधिबाट परिक्षण गरिएका ११३८ मध्ये २८६ जना महिला र ८५२ जना पुरुष रहेका छन् । जसमध्ये आरडिटी पोजिटिभ देखिएका ३२ र नेगेटिभ देखिएका ११०६ जना रहेका छन् । ती आरडीटी पोजेटिभ देखिएकाहरुको पीसीआर रिपोर्ट नेगेटिभ देखिएको छ ।
पीसीआर परिक्षण विधिबाट परिक्षण गरिएका कुल १७०२ मध्ये ५२७ जना महिला र ११७५ जना पुरुष रहेका छन् । जसमध्ये पीसीआर पोजेटिभ ३९ जना र नेगेटिभ देखिएका १५५४ जना रहेका छन् । पीसीआर परिक्षण गरिएका १७०२ जना मध्ये १५९३ जनाको नतिजा आइसकेको र १०९ जनाको आउन बाँकी रहेको छ ।
पीसीआर पोजेटिभ देखिएका ३९ जनामा १७ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् भने १ जना बिराटनगर स्थित कोभिड अस्पतालमा,२ जना गोठगाउँ स्थित कोरोना अस्पतालमा र १९ जना धनकुटा स्थित औद्योगिक ग्रामको आइसोलेसन वार्डमा उपचार भइरहेको जिल्ला प्रशासन कार्यालय धनकुटाले जनाएको छ ।


