धनकुटा जिल्लामा अहिले सम्मको कोरोना अपडेट यस्तो छ !
धनकुटा । जिल्लामा आज सम्म आरडीटी परिक्षण विधिबाट परिक्षण गरिएका ११३८ मध्ये २८६ जना महिला र ८५२ जना पुरुष रहेका छन् । जसमध्ये आरडिटी पोजिटिभ देखिएका ३२ र नेगेटिभ देखिएका ११०६ जना रहेका छन् । ती आरडीटी पोजेटिभ देखिएकाहरुको पीसीआर रिपोर्ट नेगेटिभ देखिएको छ ।
पीसीआर परिक्षण विधिबाट परिक्षण गरिएका कुल १८६३ मध्ये ५५५ जना महिला र १३०८ जना पुरुष रहेका छन् । जसमध्ये पीसीआर पोजेटिभ ४० जना र नेगेटिभ देखिएका १८२३ जना रहेका छन् ।
पीसीआर पोजेटिभ देखिएका ४० जनामा २० जना उपचारपछि निको भएर घर फर्किसकेका छन् भने २० जना धनकुटा स्थित औद्योगिक ग्रामको आइसोलेसन वार्डमा उपचार भइरहेको जिल्ला प्रशासन कार्यालय धनकुटाले जनाएको छ ।


