एक जनालाई सम्मान गर्दे धनकुटामा मनाइयो उद्योग दिवस
धनकुटा खबर । उद्योग दिवसको अबसरमा घरेलु तथा साना उद्योग कार्यलयले धनकुटाले कोरोना महामारीका कारण यो बर्ष १ जना उद्योग दर्ता गनै आएका पहिलो सेवा ग्राहीलाई मात्र सम्मान गर्दे मनाएको छ।

उद्योग दिबसको अवसमामा कुनै ठूलो कार्यक्रम नगरि यो बर्ष समान्य रुपले उद्योग दिबस मनाएको घरेलु तथा साना उद्योग कार्यलयले धनकुटाका प्रमुख दिनेश ढुगानाले जानकारी दिनु भयो ।
कार्यलयले अघिल्ला बर्षहरुमा विभिन्न विधामा सम्मान गर्दे आएको जनाइएको छ । धेरै भिडभाड नगर्नु पर्ने भएकोले सामान्य रुपमा उद्योग दिवस मनाइएको प्रमुख ढुगानाले बताउनु भयो ।


