वाम्बुले राई भाषाको कविता प्रतियोगिता अनलाइनबाट

काठमाडाैं/वाम्बुले राई भाषाको २२ औं वर्षको कविता प्रतियोगिता अनलाइन माध्यमबाट हुने भएको छ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ झाप्पा गाउँमा हुने भनिएको प्रतियोगिता तथा गोष्ठी कोभिड–१९ को कारण भौतिक रूपमा कार्यक्रम गर्न सम्भव नभएपछि अनलाइन माध्यमबाट सम्पन्न गर्ने निर्णय भएको हो ।

यो प्रतियोगिता वाम्बुले राई समाज, नेपाल (वाम्रास)को २३औं स्थापना दिवसको अवसरमा २०७७ मंसिर २० गते गरिनेछ । ‘वाम्बुले राई भाषाको २२ औं कविता प्रतियोगिता’ अनलाइन (भर्चुअल) माध्यमबाट सम्पन्न गर्ने निर्णय भएको जानकारी गराउन चाहन्छौं,’ वाम्रास केन्द्रीय कार्यसमितिका उपाध्यक्ष तथा कविता प्रतियोगिताका संयोजक पत्रकार गणेश वाम्बुले राईले विज्ञप्तिमा भनेका छन्, ‘देश विदेशमा रहेर वाम्बुले राई मातृभाषा साहित्य सिर्जनामा लागी पर्नु हुने स्रष्टाहरूलाई प्रतियोगितामा सहभागी हुन हार्दिक अनुरोध गर्दछौं ।’

वाम्बुले राई भाषाको कविता गोष्ठी २०५५ सालदेखि ओखलढुंगा, खोटाङ र उदयपुर जिल्लामा आयोजना गरिदैआएको थियो । राष्ट्रिय जनगणना २०६८ को तथ्यांकअनुसार वाम्बुले भाषा बोल्नेको संख्या १३ हजार ४ सय ७२ जना रहेको छ । यसअघि प्रथम पुरस्कार विजेता र लिब्जु–भुम्जु पुरस्कार प्राप्त कविहरू अप्रतियोगी रहने जनाइएको छ ।

प्रतियोगितामा वाम्बुले भाषा बोल्न, लेख्न, पढ्न जान्ने जोसुकैले सहभागी हुन पाउने छन् । कविता बढीमा १५० शब्दमा हुनुपर्ने र सो कविता वाचनसहित भिडियो रेकर्ड गरेर पठाउन पर्ने जनाइएको छ । ‘कविताको विषय किराती (वाम्बुले) भाषा, संस्कार, संस्कृति, परम्परा, पर्यावरण, विश्व परिवेश जनाउन सकिने छ भने कुनै जात, जाति, धर्म, सम्प्रदायप्रति आँच नपुग्ने रचना हुनुपर्नेछ,’ भनिएको छ, ‘कविता रचना लिखित र वाचन गरिएको भिडियो खिचेर २०७७ मंसिर ५ गतेभित्र आयोजक संस्थामा पेश गरिसक्नुपर्नेछ ।’

प्रतियोगितामा विजयी कविहरू क्रमशः प्रथम १० हजार, द्वितीय ६ हजार, तृतीय ४ हजार तथा सान्त्वना दुईजनालाई २–२ हजार रुपैयाँ नगद प्रदान गरिनेछ । प्रतियोगितामा विजयी र सहभागी कविहरूलाई अनुकुल समयमा वाम्रास संस्थाले औपचारिक कार्यक्रम गरी प्रमाण–पत्र तथा पुरस्कार प्रदान गर्ने जनाइएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।