शहिदभूमी गाउँपालिकामा प्रथम खाल्साथुम खुल्ला पुरुष फुटवल प्रतियोगिता शूरु

धनकुटा खबर । धनकुटाको शहिदभूमी गाउँपालिका खाल्साथुम छिन्ताङ युवा क्लवको खेल मैदान पुँवालेडाँडा टाकुरेमा आजबाट प्रथम खाल्साथुम खुल्ला पुरुष फुटवल प्रतियोगिता शूरु भएको छ ।

सरस्वती पूजाको अवसरमा खाल्साथुम छिन्ताङ युवा क्लवको आयोजनामा सञ्चालित प्रतियोगिताको उद्घाटन शहिदभूमी गाउँपालिका प्रमुख मनोज राई प्रमुख आतिथ्य तथा क्लबका अध्यक्ष बसन्त राईको अध्यक्षतामा सञ्चालित कार्यक्रमको वीच गरिएको थियो । प्रतियोगिताको आज पहिलो दिन आयोजक वी र सागुरीगढी गाउँपालिका ९ आहाले वीच भएको खेलमा ०–३ गोल अन्तरले आहाले विजयी भएको छ ।

प्रतियोगितामा जम्मा १९ टिमले सहभागिता जनाएकाछन् । प्रतियोगिता उद्घाटनको अवसरमा खेल मैदान निर्माणका लागि जग्गा प्रदान गर्ने जग्गा दाताहरु बाबुराम राई,हर्क राई,डिल्लीराम राई, र्सिजामाया राई, जनक कुमारी राई, मन्त्र वहादुर राई,टेक्सुराम राई लगायत १० जनालाई सम्मानपत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताका विजयी प्रथम समूहले नगद ५० हजार ५ रुपयाँ सहित ट्रफी,मेडल र प्रमाण पत्र,दोश्रो हुने समूहले नगद २५ हजार ५ रुपयाँ सहित ट्रफी,मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । उत्कृष्ट खेलाडीलाई समेत आर्कषक पुरस्कारको व्यवस्था रहेको जनाईएको छ ।

प्रतियोगिताको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष राईले यस्ता प्रतियोगिताले किशोरकिशोरीहरुलाई कुलतबाट जोगाउने र उनिहरुको शारिरीक कसरतमा समेत सघाउ पुर्याउने वताउनुभयो । यसका साथै उनिहरुलाई अनुशासित र मर्यादित राख्न सहयोग पुग्ने वताउनुभयो । यो प्रतियोगिताले स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नारालाई मूर्त रुप दिन सघाउ पुर्याउने समेत वताउनुभयो ।

उहाँले गाउँपालिको प्रत्येक वडामा सुविधा सम्पन्न खेलमैदान निर्माण र गाउँपालिका स्तरिय वहुउद्देश्यिय भवन निर्माण गरिने वताउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।