प्रथम सहिद प्रकाश थापा स्मृतिकप गाउँपालिका तथा नगरपालिका स्तरिय भलिवल प्रतियोगिता सुरु
धनकुटा खबर । धनकुटाको शहिदभूमी गाउँपालिका १ घगरुमा आज बाट जनउत्थान सामुदायीक कल्बले आयोजना गरेको प्रथम शहिद प्रकाश थापा स्मृतिकप गाउँपालिका तथा नगरपालिका स्तरिय भलिवल प्रतियोगिता सुरु भएको छ ।

शहिदभूमी गाउँपालिकाका अध्यक्ष मनोज राईले राष्टिय रेफ्र विनय राई लाई भलिवल हस्तान्तरण गर्दे खेलको उत्घाटन गर्नु भएको थियो ।कार्यक्रमा संरक्षक शहिद प्रकाश थापाका बुबा आमाले खेलाडीहरु लाई खेल पोशाक हस्तान्तरण गर्नु भएको थियो ।
आजको पहिलो खेलमा आयोजक शहिदभूमी बि ले केराबारी लाई २५,२२,१८,२५,२६,२४ को अन्र्तरले पराजीत गर्यो त्यस्तै दा्स्रो खेलमा धनकुटा नगरपालिकाले आयोजक ए टिम लाई २५ ,१४ र २५, १६ को सेटमा पराजित गरेको छ ।
धनकुटा,भोजपुर, संखुवासभा,सुनसरी मोरगका १२ टिमको सहभागिता रहेको निर्णयक विनय राईले जानकारी दिनु भयो ।प्रतियोगितामा प्रथम हुनेले ४० हजार नगद र दोस्रो हुनेले २० हजार प्राप्त गर्ने छन् । कार्यक्रमा संरक्षक शहिद प्रकाश थापाका बुबा आमाले खेलाडीहरु लाई खेल पोशाक हस्तान्तरण गर्नु भएको थियो ।
कार्यक्रमा शहिदभूमी गाउँपालिकाकी उपाध्यक्ष रत्नेश्वरी राई शहिदभूमी गाउँपालिका १ का वडा अध्यक्ष अशोक राई, २ का रत्न बहादुर राई ७ का बमबहादुर राई लगायतको उपस्थिीती रहेको थियो ।


