शहिद प्रकाश थापा स्मृतिकप गाउँपालिका तथा नगरपालिका स्तरिय पुरुष भलिबल प्रतियोगिताको उपाधि संखुवासभाको सभापोखरीलाई
धनकुटा खबर । धनकुटाको शहिदभूमीमा संचालन भएको शहिद प्रकाश थापा स्मृतिकप गाउँपालिका तथा नगरपालिका स्तरिय पुरुष भलिबल प्रतियोगिताको उपाधि संखुवासभाको सभापोखरी गाउँपालिकाले जितेको छ ।
आज भएको फाइनल खेलमा धनकुटाको साँगुरीगढी गाउँपालिका लाई २५—२२,२५—१५,१९—२५,२५—२७ र १५—५ को अन्र्तमा पराजीत गर्दे उपाधी जितेको हो विजेता टिमले कप सहित ४० हजार प्राप्त गर्यो भने उपविजेताले २० हजार मा चित बुझायो ।
प्रतियोगितामा बेष्ट डिफन्स आमचोगाउँपालिकाका दिनेशराई घोषित भए त्यस्तै बेस्ट फरवड साँगुरीगढी गाउँपालिकाका रोशन विक , बेष्ट स्टाइकर सभापोखरी गाउँपालिका प्रदिप कट्टेल तथा सबत्कृष्ठ खेलाडी साँगुरीगढीका रविन गौतम घोषित भएको निर्णयक विनय राईले जानकारी दिनु भयो ।
प्रतियोगितामा धनकुटा, तेह्रथूम, भोजपुर, संखुवासभा, मोरग र सुनसरीका १२ टिमको सहभागिता रहेका ेथियो ।


