अस्मिता र विशालको “माया पलायो” गीत सार्वजनिक (भिडियो सहित)

शर्मिला राई, धनकुटा । नेश्नल ईन्टरटेन्मेण्ट अवार्ड प्राप्त गीत “माया पलायो” सार्वजनिक गरिएको छ । लोक-पप गीत अन्तर्गत बेस्ट लिरिक्स अवार्ड हात पार्न सफल उक्त गीत धनकुटा खवरको अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो । “चट्ट कपाल कोरेर” वोलको गीत सार्वजनिक पछि लगत्तै “माया पलायो” वोलको गीत सार्वजनिक गरिएको हो ।

धनकुटा जिल्लाका पर्यटकीय स्थलहरुको प्रचार प्रसारमा समेत टेवा पुर्याउने लक्ष्यका साथ संसारीमाई सिमसार क्षेत्र पाख्रीवास तालतलैया, राम्चे भ्यूटावर र कृषी फर्मको विभिन्न मनमोहक रमणिय क्षेत्रको दृष्य भिडियोमा समावेश गरिएको यो गीत धनकुटा खवरको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको प्रोडक्सन म्यानेजर मोहन राईले जानकारी दिए ।

उक्त गीत रिङब्याक टोन (CRBT & PRBT) पनि एक्टिभ गरिसकिएको प्रोडक्सन म्यानेजर मोहन राईले जानकारी दिए । जसका लागि कोड नं:
१) माया पलायो – NTC (Crbt)-0831643, Ncell (Prbt)-4409, Smart Tel-10120992
२) रात प्यारो पुर्णीमा – NTC (Crbt)-0831644, Ncell (Prbt)-4413, Smart Tel-10120993
३) केहि भुल भएमा – CNTC (Crbt)-0831645, Ncell (Prbt)-4417, Smart Tel-10120994

सञ्चारकर्मी समेत रहेका धनकुटाको पाख्रीवासका विष्णु विक्रम निरौलाको शब्द, सम्पादन र निर्देशन रहेको उक्त गीतमा अस्मिता अधिकारी र विशाल निरौलाको आबाज रहेको छ । यम के निरौलाको संगित रहेको उक्त गीतमा विशाल निरौलाको एरेञ्ज र मिक्सिङ रहेको छ ।

कलाकार सुमन योगी र सिम्रन कार्कीको दमदार अभिनय रहेको उक्त गीतमा अन्य कलाकार नुमामफुङ लिम्वु, आस्था भुजेल, करुण लिम्वु, सुजन राई, पुष्पराज तामाङ र स्वीकृती योगीको भुमीका पनि उत्तिकै गहन रहेको छ । प्रनेश राई (यात्री ब्रोज) ले क्यामेरामा कैद गरेको उक्त भिडियोको नृत्य निर्देशन सुमन योगीले गरेका छन ।

हेर्नुहोस् भिडियो

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।