एकै दिन चार हजारको मृ,त्यु, दैनिक मृ,त्यु दरमा कमी आएन

नयाँ दिल्ली,कोरोनाभाइरस महामारीको दोस्रो लहरबाट ठूलो मानवीय सङ्कट झेलिरहेको भारतमा विगत २४ घण्टामा थप चार हजार ७७ जनाको मृ,त्यु भएको छ ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार विगत २४ घण्टामा तीन लाख ११ हजार नयाँ संक्रमित भेटिएका छन् भने तीन लाख ६२ हजार संक्रमणमुक्त भएका छन् ।
शनिबार दैनिक मृ,त्यु दरमा सामान्य कमी आएर तीन हजार ८९० जनाको ज्यान गएको थियो ।

भारतमा हालसम्म कोभिड–१९ बाट मृत्यु भएकाको संख्या दुई लाख ७० हजार पुगेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार कोभिड–१९ संक्रमितको कूल संख्या दुई करोड ४६ लाख ८४ हजार पुगेको छ जसमध्ये दुई करोड सात लाख ९५ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् ।

भारतमा गत जनवरीमा कोभिड–१९ विरुद्धको खोप लगाउन शुरु गरेको थियो । हालसम्म १८ करोड २२ लाख व्यक्तिलाई खोप दिइएको मन्त्रालयले जनाएको छ । गत मे १ देखि भारत सरकारले १८ वर्षभन्दा माथिको उमेरका सबै व्यक्तिलाई खोप दिने योजना अघि सारे पनि पर्याप्त खोप उपलब्ध नहुँदा सहज रुपमा खोप अभियान अघि बढ्न सकेको छैन ।

भारतमा संक्रमित व्यक्तिको संख्या दैनिक तीन लाखभन्दा बढी नै देखिए पनि भारत सरकारले देशव्यापी लकडाउन गर्न अस्वीकार गरेको छ । तर संक्रमित अत्यधिक देखिएका दिल्ली, मुम्बई समेतका शहरमा राज्य सरकारले लकडाउन, प्रतिबन्ध, कफ्र्यु लगाएका छन् ।

हाल, कोभिडको ठूलै सङ्कट सामना गरिरहेको भारतमा हाल अक्सिजनको आपूर्ति समेतका अत्यावश्यक औषधि र अन्य स्वास्थ्य सेवाको चरम अभाव भएको छ ।

यसैबीच, विश्व स्वास्थ्य संगठनले विश्वभर कोभिड–१९ को संक्रमणबाट मृ,त्यु हुनेको संख्या ३३ लाख ८३ हजार पुगेको जनाएको छ । हालसम्म सर्वाधिक प्रभावित संयुक्तराज्य अमेरिकामा पाँच लाख ९९ हजार तथा दोस्रो स्थानमा रहेको ब्राजिलमा चार लाख ३४ हजारको मृ,त्यु भएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।