धनकुटाका १५ जना संक्रमित कोरोनालाई जित्दै डिस्चार्ज, थप ८४ जनामा संक्रमण पुष्टि
धनकुटा,जेठ ५ । धनकुटाका १५ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।
स्वास्थ्य कार्यलय धनकुटाका प्रमुख तुलसी प्रसाद गुरागाईका अनुसार कोरोनालाई जितेर मंगलवारमात्र १५ जना डिस्चार्ज भएका हुन् ।
त्यस्तैगरी जिल्लामा पछिल्लो पटक गरिएको पिसिआर परिक्षणमा धनकुटाका थप ८४ जनामा संक्रमण पुष्टि भएको छ । १ सय ६५ जनाको पिसिआर परिक्षण गरिएको मध्ये ८४ जनाको रिपोर्ट पोजेटिभ आएको प्रमुख गुरागाईले वताउनुभयो ।
ती मध्ये महालक्ष्मी नगरपालिकाका १८ जना,छथरजोरपाटी गाउँपालिकाका २६ जना, धनकुटा नगरपालिकाका १२ जना,चौविसे गाउँपालिकाका २२ जना,पाख्रीवास नगरपालिकाका ५ जना र साँगुरीगढी गाउँपालिकाका १ जना रहेका छन ।
स्वास्थ्य कार्यलयका अनुसार यो संक्रमण दर ५०.९५ प्रतिशत हो । संक्रमणदर दैनिक वृद्धी भैरहेकोले थप शर्तक रहन आवश्यक रहेको प्रति कार्यलयले सबैलाई सचेत गराएको छ ।


