किसानहरुले उत्पादन गरेको खेतमै कुहियो खर्बुजा

सर्लाही, कोरोना महामारीका कारण बजार बन्द भएपछि सर्लाहीमा किसानहरुले उत्पादन गरेको खर्बुजा कुहिने अवस्थामा पुगेको छ । बरहथवा नगरपालिका ७ मा करिब रु १५ लाखको खर्बुजा बिक्री गर्न नपाएको किसान विशालराज गिरीले गुनासो गर्नुभयो ।

गिरीले राम्रो उत्पादन र आम्दानीको आशमा डेढ बिघा जमिन भाडामा लिएर खर्बुजा खेती गर्नुभएको थियो । खेतमा उत्पादन भएको खर्बुजा बिक्री गर्ने समयमा निषेधाज्ञा लागेपछि किसान मारमा परेका हुन् ।

“बजार सबै बन्द छ, आफैँले खाएर सक्ने कुरा पनि होइन, खर्बुजा बिक्री नभएपछि खेती गर्दाको रु ३ लाख २५ हजार ऋण हजार कसरी तिर्ने भन्ने चिन्ताले आफुलाई सताउन थालेको छ”, गिरी भन्नुहुन्छ ।

गिरीले बिघाको वार्षिक रु ७५ हजारमा जग्गा भाडामा लिनुभएको हो । गिरीले इजरायली ५ जातका खर्बुजा लटरम्मै फलाउनुभएकोमा एक थरी साढे ३ र अर्को ५ किलोसम्मका छन् । उहाँका अनुसार उत्पादन भएको ७० क्विन्टल खर्बुजा खेतमा अलपत्र परेको छ । वैशाखको पहिलो साताबाटै खर्बुजा बिक्रीका लागि तयार भएको थियो ।

खेतमा रहेको खर्बुजा जेठ अन्तिमसम्म बिक्री नभए कुहिने भन्दै जिल्लाका किसान समस्यामा परेका छन् । जिल्लामा कोरोेना सङ्क्रमण नियन्त्रणका लागि वैशाख २५ गते राति १२ बजेदेखि जारी निषेधाज्ञा जेठ १० गते राति १२ बजेसम्मका लागि लम्ब्याइएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।