धनकुटामा संक्रमण घट्दै,आज थप १० मा संक्रमण पुष्टि

धनकुटा । धनकुटामा केही दिनयता लगातार रुपमा कोरोना संक्रमण बढे पनि बिहीबार त्यो संख्या हवात्तै घटेको छ । बिहीबार धनकुटाका थप १० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै धनकुटामा कोरोना संक्रमितको संख्या हवात्तै घटेको हो ।

सोमबार, मंगलबार र बुधबार भने धनकुटालाई अत्याउनेगरी कोरोना संक्रमण पुष्टि भएको थियो । सहिदभुमी गाउँपालिकामा त अत्याधिक कोरोना संक्रमित भेटिएको भन्दै दोहोरो निषेधाज्ञा जारी ने गरिएको छ ।

जिल्ला अस्पताल धनकुटा को ल्याबमा २६ जनाको पीसीआर परीक्षण गर्दा बिहिबार साँझ ६ पुरुष र ४ महिलाको रिपोर्ट पोजिटिभ आएको हो । धनकुटा नगरपालिकाका ८ जना तथा सहिदभूमि गाउँपालिका र पाख्रीवास नगरपालिकाका १/१ जनामा संक्रमण पुष्टि भएको छ ।

बिहीबार कोरोना पुष्टि भएकाहरुमा धनकुटा नगरपालिका–४ का ६१ बर्षीय पुरुष, ४३ बर्षीया महिला, धनकुटा–५ का ५२, २१ बर्षीय पुरुष, ४४ बर्षीया महिला, धनकुटा–६ का ६८ बर्षीय पुरुष, २८ र ७४ बर्षीया महिला छन् ।

सहिदभूमि गाउँपालिका–३ का ३० बर्षीय पुरुष र पाख्रीवास नगरपालिका–७ का ४३ बर्षीय पुरुषमा संक्रमण देखिएको जिल्ला अस्पतालले जनाएको छ ।

धनकुटामा बुधबार धनकुटामा ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने मंगलबार गरिएको परिक्षणको क्रममा ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।-निशान न्यूजको सहयोगमा

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।