नवलपुरको चौधरी उद्योगमा आ,गला,गी

नवलपुर, नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दुम्कौलीमा रहेको चौधरी उद्योग ग्रामको बियर प्लान्टमा आगलागी भएको छ । आज बिहान अचानक भएको आगलागी नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीसहित तीनवटा वारुणयन्त्र (दमकल) प्रयोग गरिएको छ ।

आगलागीका कारण थाहा हुन नसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिनुभयो ।

जिल्लाको देवचुली–२ मा रहेको चौधरी उद्योगग्रामअन्तर्गत नेपाल आइस बियर प्लान्टमा आगलागी भएको गिरीले बताउनुभयो ।

आगलागी नियन्त्रणका लागि चितवनको भरतपुरबाट गएको नेपाली सेना, कावासोती नगरपालिका र चितवनको खैरहनी नगरपालिकाको वारुणयन्त्रले प्रयास गरिरहेको गिरीले बताउनुभयो ।

बियर प्लान्टमा अहिले पनि आगो बलिरहेको छ । आगलागी भएको स्थानमा सिजी ग्रुपका प्रमुख एवं निवर्तमान सांसद विनोद चौधरीसमेत पुग्नुभएको छ । आगलागीका कारण कुनै पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।