नेप्से हालसम्मकै उच्च बिन्दुमा, कारोवार रकम १७ अर्ब

काठमाडौँ, शेयर बजारमा पछिल्ला दिनमा लगातार नयाँ नयाँ रेकर्ड कायम हुन थालेका छन् । कोरोना कहरका कारण मुलुकभर नै निषेधाज्ञा जारी छ । आम मानिस घरभित्रै छन् । व्यापार व्यवसाय प्रायः ठप्प जस्तै छ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकमा भने नयाँ खालका कीर्तिमान कायम भइरहेका छन् ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक हालसम्मकै उच्च स्थानमा पुगेको छ । यस्तै, कारोवार रकम पनि झण्डै रु १७ अर्बको हाराहारीमा पुगेको छ । कोराना कहर र निषेधाज्ञाले बजारलाई प्रभावित पार्न नसक्नुको पछाडि प्रविधिको प्रयोगलाई लिइएको छ ।

विद्युतीय रूपमा नै घरमै बसेर सहज रूपमा शेयर कारोवार हुन पाएका कारण विषम अवस्थामा समेत उल्लेखनीय इतिहास कायम भएको लगानीकर्ताको विश्लेषण रहेको छ ।

नेप्सेमा आज २९.५५ अङ्कले वृद्धि भई दुई हजार ८५६.६७ मा पुगेको छ । यो हालसम्मकै उच्च बिन्दु हो । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ७.९६ अङ्कले बढेर ५१३.११ मा पुगेको छ ।

कूल २१८ कम्पनीको तीन करोड ४६ लाख ९१ हजार ३१२ कित्ता शेयर रु १६ अर्ब ९० करोड ७० लाख २० हजार २८६ मूल्यमा खरिद बिक्री भए । साताको कारोवार हुने अन्तिम दिन बिहिबारको कारोवारपछि बजार पूँजीकरण रु ३९ खर्ब ६४ अर्ब २१ करोड २१ लाख ५१ हजार ९९९ बराबर पुगेको छ । बजार पूँजीकरण पनि हालसम्मै उच्च भएको नेप्सेले जनाएको छ ।

कारोवारका आधारमा नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु एक अर्ब दुई करोड ७० लाख २७ हजार २८७ बराबरको कारोवार भयो । यस्तै, छिमेक लघुवित्त विकास बैंक रु ६८ करोड १६ लाख ५० हजार १५९, लुम्बिनी विकास बैंक रु ३५ करोड पाँच लाख ९२ हजार ६०२, नेपाल बंगलादेश बैंक रु ३३ करोड २२ लाख ७० हजार ७३६ र नेपाल पूर्वाधार बैंकको रु ३३ करोड १३ लाख ८६ हजार ७७४ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

यसैगरी, मञ्जुश्री फाइनान्स र महिला लघुवित्तको शेयरमा १० प्रतिशतले वृद्धि हुँदा सकारात्मक सर्किट लागेको छ । गुर्खाज फाइनान्स ९.६८, ग्रीन डेभलपमेन्ट बैंक ९.५५, साइन रेसुङ्गा डेभलपमेन्ट बैंकका लगानीकर्ताले ७.९५ प्रतिशतले कमाए । त्यस्तै, पञ्चकन्या माई हाइड्रोपावर ५.९२, राधी विद्युत् कम्पनी ५.०६, बरुण हाइड्रोपावर ४.८८, घलेम्दी हाइड्रो ४.४१, नारायणी डेभलपमेन्ट बंैकका लगानीकर्ताले ४.३५ प्रतिशतले गुमाए ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।